असोज १५, २०८३ बिहिबार October 1, 2026

नोवेल कोरोना भाइरसको महामारी, हुबेइमा मात्रै ७८८ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । चीनमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सन् २००३ मा फैलिएको सार्स महामारी भन्दा बढी भएको छ ।

चीनको हुबेइ प्रान्तमा मात्रै ज्यान गुमाउनेको संख्या ७८८ पुगेको छ । हुबेइ प्रान्तको वुहानमा गएको डिसेम्बरमा पहिलो पटक नोवेल कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

हुबेइका स्वास्थ्य अधिकारीका अनुसार सो प्रान्तमा मात्रै हालसम्म नोवेल कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७८८ पुगेको हो ।

चीनका अरु क्षेत्र तथा हङकङ र फिलिपिन्समा गरी नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको कुल संख्या ८११ पुगेको छ ।

सन् २००३ मा फैलिएको सार्स ९सिभर एक्युट रेस्पिरेटरी सिन्ड्रोम० महामारीका कारण ७७४ जनाको ज्यान गएको थियो । सार्सको संक्रमण दुई दर्जन भन्दा बढी देशमा फैलिएको थियो ।

नोवेल कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३७ हजार १९८ भन्दा बढी रहेको छ । संक्रमित हुने मध्ये अधिकांश चीनका छन् ।

जनवरीको अन्तिम हप्ता विश्व स्वास्थ्य संगठनले नोवेल कोरोना भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

हुबेइमा शनिबार थप ८९ जनाको मृत्यु भएपछि सो प्रान्तमा नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७८८ पुगेको हो । योसहित चीनमा कुल ८०९ तथा हङकङ र फिलिपिन्समा एक–एक जनाको ज्यान गएको छ ।

नोवेल कोरोनाका कारण हुबेइको राजधानी वुहान सबैभन्दा बढी प्रभावित भएको छ । महामारीका कारण वुहान शहर बन्द अवस्थामा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार