भाद्र २, २०८३ मंगलबार August 18, 2026

एमाले र लोसपाको बिरोधका बिच दुई विधेयक पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेस प्रदेशसभा बैठक प्रतिपक्षमा रहेका दुई दलका सांसदहरूले बहिष्कार गरेपनि सत्ता पक्षले बहुमतको आडमा दुई विधेयक पारित गरेको छ ।

जापानका प्रधानमन्त्री सिञ्जो आबेको निधनमा राष्ट्रिय शोक मनाउने संघीय सरकारको घोषणा अनुसार शोक प्रस्ताव पारित गरिनुपर्ने माग गरिएको थियो ।

माग विपरीत बैठक अघि बढाउन खोजिएको भन्दै लोकतान्त्रिक समाजवादी (लोसपा) र नेकपा एमालेका सांसदहरूले बैठक बहिष्कार गरे । उनीहरू बैठक छाडेर निस्किँदा पनि सभामुखले बैठकलाई निरन्तरता दिए ।

सो बैठकले आर्थिक विनियोजन विधेयक र प्रदेशसभा सचिवालय कार्य सञ्चालनसम्बन्धी विधेयक पारित गरेको छ ।

प्रतिपक्षी दलका सांसदहरूको बहिष्कारका बाबजुद विधेयक पारित भएको यो पहिलो पटक हो । यसअघि प्रतिपक्षी दलले बहिष्कार वा उठेर विरोध गर्दा बैठक स्थगित गर्ने चलन थियो । जसपाका लालबाबु राउत नेतृत्वको सरकारमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी सहभागी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार