जेठ ५, २०८१ शनिबार May 18, 2024

एमाले र लोसपाको बिरोधका बिच दुई विधेयक पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेस प्रदेशसभा बैठक प्रतिपक्षमा रहेका दुई दलका सांसदहरूले बहिष्कार गरेपनि सत्ता पक्षले बहुमतको आडमा दुई विधेयक पारित गरेको छ ।

जापानका प्रधानमन्त्री सिञ्जो आबेको निधनमा राष्ट्रिय शोक मनाउने संघीय सरकारको घोषणा अनुसार शोक प्रस्ताव पारित गरिनुपर्ने माग गरिएको थियो ।

माग विपरीत बैठक अघि बढाउन खोजिएको भन्दै लोकतान्त्रिक समाजवादी (लोसपा) र नेकपा एमालेका सांसदहरूले बैठक बहिष्कार गरे । उनीहरू बैठक छाडेर निस्किँदा पनि सभामुखले बैठकलाई निरन्तरता दिए ।

सो बैठकले आर्थिक विनियोजन विधेयक र प्रदेशसभा सचिवालय कार्य सञ्चालनसम्बन्धी विधेयक पारित गरेको छ ।

प्रतिपक्षी दलका सांसदहरूको बहिष्कारका बाबजुद विधेयक पारित भएको यो पहिलो पटक हो । यसअघि प्रतिपक्षी दलले बहिष्कार वा उठेर विरोध गर्दा बैठक स्थगित गर्ने चलन थियो । जसपाका लालबाबु राउत नेतृत्वको सरकारमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी सहभागी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया