श्रावण १३, २०८३ बुधबार July 29, 2026

सानेपा घटना : सिसिटिभी फुजेटमा देखियो पछाडिबाट हिर्काएर मुनालाई अचेत बनाएको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । ललितपुरको सानेपास्थित आफ्नै घरमा गम्भीर अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनालाई घरमै काम गर्न बस्ने युवकले पछाडिबाट डोरीले घाँटीमा न्याँकेर हत्या गरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।

कार्कीको घरमा जडान गरिएको सिसिटिभी फुटेजबाट कामदारका रुपमा कार्यरत २२ वर्षीय विजय चौधरीले श्रीमती मुनालाई बिहान १० बजेर १० मिनेटमा घाँटीमा डोरीले थिचेर मारेको पाइएको अनुसन्धानमा संलग्न अधिकारीहरुले जानकारी दिएका छन्।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएअनुसार १० बजेर १० मिनेटमा किचेनमा काम गरिरहेकी मुनाको घाँटीमा न्याँकेर हत्या गरेपछि ११ बजेर ८ मिनेटसम्म चौधरी उक्त घटनास्थलकै वरपर गरिररहेका थिए। त्यसपछि ११ बजेर २० मिनेटमा पूर्वसचिव कार्की घटनास्थलमा आइपुगेका थिए। प्रहरी अधिकारीहरुका अनुसार ११ बजेर ८ मिनेट र ११ बजेर २० मिनेटबीचमा चौधरीले आत्महत्या गरेको बुझिएको छ।

अचेत अवस्थामा फेला परेकी मुनालाई उपचारका क्रममा स्टार अस्पतालमा पुर्‍याइए पनि तत्काल उनलाई मृत घोषणा गरिएको थियो।

उनी अर्को कोठामा झुण्डिएपछि डोरी चुडिएर भुईँमा लडेको अवस्थामा पाइएको प्रहरीले जनाएको छ। उनले आत्महत्या गरेको स्थल सिसिटिभी कभरेजमा देखिएको छैन।

पूर्वसचिव कार्की बिहान पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएको हो। उनका दुई छोरी र एक छोरा छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार