श्रावण १४, २०८३ बिहिबार July 30, 2026

‘कोरोना संक्रमित ४ हजार मानिस उपचारपछि पूर्ण स्वस्थ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइसर संक्रमणका कारण मृत्यु हुने क्रमले भयावह रूप लिइरहे पनि संक्रमितमध्ये उपचारपछि ठूलै संख्यामा पूर्ण रूपमा स्वस्थ पनि भइरहेका छन्।

कोरोना संक्रमण भएका ३ हजार ९ सय ९६ जना उपचारपछि पूर्ण रूपमा निको भएर अस्पतालबाट डिस्चार्ज गरिएको चीनले दाबी गरेको हो।

यस्तै नयाँ मानिसमा संक्रमण हुने दर पनि २० प्रतिशतले घटेको उसकाे भनाइ छ।

चीनको हुबेई प्रान्तस्थित स्वास्थ्य आयोगका अनुसार आइतबार २ हजार ६ सय १८ जनामा कोरोना संक्रमण भएकामा अनुपात घटेर सोमबार २ हजार ९७ जनामा मात्र कोरोना संक्रमण देखिएको हो।

सन् २००२-०३ मा सार्स भाइरसको महामारीपछि चीनले अहिले कोरोना भाइरसका कारण स्वास्थ्य संकट सामना गरिरहेको छ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १८ पुग्यो
कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या हजार नाघेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना भाइरस संक्रमणबाट मंगलबार बिहानसम्म १ हजार १८ जनाको मृत्यु भएको हो।

नोवल कोरोना भाइरसका कारण चीनमा सोमबार एकै दिन १०८ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा संक्रमण देखिएयता मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो।

योसँगै मंगलबार बिहानसम्म चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ।

चीनबाहिर २७ देशमा ४ सय ६० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको छ। चीनबाहिर फिलिपिन्स र हङकङमा एक/एक जनाको मृत्यु भएको छ ।

संक्रमित/मृत्यु : कहाँ कति?
चीन– १०१६ मृत्यु, ४२,६३८ संक्रमित
हङकङ- १ मृत्यु, ४२ संक्रमित
फिलिपिन्स- १ मृत्यु, ३ संक्रमित

संक्रमित
जापान- १६१
सिंगापुर- ४५
थाइल्यान्ड- ३२
दक्षिण कोरिया- २८
ताइवान- १८
अस्ट्रेलिया- १५
मलेसिया- १८
जर्मनी- १४
भियतनाम- १४
अमेरिका- १३
मकाओ- १०
क्यानडा- ७
फ्रान्स- ११
यूएई- ८
इटाली- ३
भारत- ३
बेलायत- ८
रुस- २
श्रीलंका- १
कम्बोडिया- १
फिनल्यान्ड- १
नेपाल- १
स्विडेन- १
स्पेन- १
बेल्जियम- १

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार