श्रावण २६, २०८३ मंगलबार August 11, 2026

अब ३८ हजार माथिका मोबाइल ल्याउन नपाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले ३०० अमेरिकी डलर अर्थात ३८ हजार २५३ रुपैयाँ भन्दा माथिका मोबाइल आयातमा प्रतिबन्ध लगाएको छ । विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै सरकारले गत वैशाख १३ गते अत्यावश्यक नभएका १० वस्तु असार मसान्तसम्म आयात गर्न नदिने निर्णय गरेको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पुरानो व्यवस्थामा थप परिमार्जन गर्दै मोबाइल आयातमा थप कडाइ गरेको छ । गत बैशाख १३ गते सरकारले ६०० अमेरिकी डलर भन्दा बढी मूल्यका मोबाइल फोन आयात गर्न रोक लगाएको थियो ।

त्यसमा कडाइ गर्दै यस पटक ३०० अमेरिकी डलर भन्दा बढी मूल्यका फोन आयातमा रोक लगाएको छ । साउन १ गते भन्दा अगाडि ३०० डलर देखि ६०० अमेरिकी डलर सम्म मोबाइल फोन आयात गर्न भन्दै प्रतीतपत्र (एलसी) खोलेका बस्तुमा भने आयात प्रतिबन्ध लाग्ने छैन । तर, आजबाट भदौ १४ गतेसम्म भने ३०० डलर भन्दा माथिका मोबाइलको लागि एलसी खोल्न पाइने छैन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया