श्रावण १३, २०८३ बुधबार July 29, 2026

निर्मला हत्या प्रकरणः अधिकारकर्मी शारदा चन्दसहित ८ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको न्यायको माग गर्दै धर्नामा बसेका अधिकारकर्मी र घाइतेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रशासन कार्यालयको मूलगेटमा न्याय तथा घाइतेहरुको उपचार खर्चको माग गर्दै एक महिनादेखि धर्नामा बसेका निर्मलाको न्यायिक आन्दोलनका घाइते र अधिकारकर्मी शारदा चन्द लगायत ८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले बताएका छन।

‘आवागमनमा असहज परिस्थित सृजना गरेपछि हामी नियन्त्रणमा लिएका छौँ’, उनले भने।

पक्राउ पर्नेहरुमा अधिकारकर्मी शारदा चन्द, दिलिप सिंह विष्टका दाइ खडक सिंह विष्ट, सुरेन्द्र देउवासहित ७ जना रहेका छन्। प्रशासन ओहोरदोहोरमा धर्नामा बसेकाहरुले हस्तक्षेप गर्न थालेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

निर्मलाको न्याय तथा घाइतेहरुको उपचार खर्च लगायतको माग गर्दै न्यायिक आन्दोलनका घाइते र अधिकारकर्मीहरु एक महिनादेखि धर्नामा छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार