बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

एमसीसी कार्यदल द्धारा अध्ययन गर्न थप समय माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न गठित सत्तारुढ दलको विशेष कार्यदलले यसबारे अध्ययनका लागि म्याद थपको माग गरेको छ ।

उक्त समितिलाई दिइएको निर्धारित १० दिनको म्याद भोलि सकिँदैछ । तर यस अवधिमा आवश्यक सुझाव प्रतिवेदन तयार पार्न नसकेपछि म्याद थपका लागि पार्टीलाई आग्रह गर्ने निर्णय कार्यदलको बैठकले गरेको हो ।

सिंहदरबारमा मंगलबार बसेको कार्यदलको बैठकले म्याद थपका लागि पार्टीलाई अनुरोध गर्ने निर्णय गरेको नेता भीम रावलले जानकारी दिएका छन ।

‘हामीले एमसीसीका संशोधन हुनुपर्ने केही बुँदाहरु तयार पारेका छौँ, यसबारे थप अध्ययन गर्न समय आवश्यक छ’, नेता रावलले भने ।

एमसीसी सम्झौताबारे मत विभाजित भइरहेका बेला सत्तारुढ नेकपाले यसबारे अध्ययन गरेर सुझाव प्रतिवेदन बुझाउन झलनाथ खनालको संयोजकत्वमा नेताहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

एमसीसीबारे सत्तापक्षकै नेताहरुको फरक मत आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको यही अधिवेशनबाटै एमसीसी संसदबाट पास हुने बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया