वैशाख ३०, २०८१ आइतबार May 12, 2024

लमजुङमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पेस्तोलसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बेँसीसहर नगरपालिका–१ उदिपुर क्षेत्रमा हिँडिरहेका भारतको मोतीहारी जिल्लाका २२ वर्षीय दीप कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

शंकास्पद गतिविधिमा बुधबार हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरे पनि बिहिवार साँझ ती युवालाई सार्वजनिक गरिएको हो । उनको साथबाट पेस्तोलसहित एक थान गोली, मोबाइल, सिमकार्ड र निजको आधार कार्डसमेत बरामद गरिएको जिल्ला प्रहरी प्रहरीले जनाएको छ । बिहिवार जिल्ला अदालत लमजुङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया