भाद्र २, २०८३ मंगलबार August 18, 2026

बागमती प्रदेश: विभूषण सिफारिससम्बन्धी विधेयक सर्वसम्मतले स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेशको प्रदेश सभा बैठकले विभूषण सिफारिससम्बन्धी विधेयक सर्वसम्मतले स्वीकृत गरेको छ ।

सोमबार बसेको प्रदेश सभा बैठकले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले स्वीकृत गरेको हो ।

सोमबार बसेको प्रदेश सभा बैठकमा उक्त विधेयकमाथि प्रदेश मामिला समितिले तयार पारेको प्रतिवेदन समितिका सभापति माधव प्रसाद पौडेलले पेश गर्नुभएको थियो । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद खनालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

बागमती प्रदेश सभाको बैठक अर्को सूचना सार्वजनिक नभएसम्मका लागि स्थगित गरिएको छ ।

यसैबीच बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको जोखिम बढ्दै गएकोले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्नुभएको छ ।

सोमबार बसेको प्रदेश सभा बैठकमा सार्वजनिक महत्त्वको विषयमा जानकारी गराउनुहुँदै मन्त्री लामाले विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गर्न सबैलाई अनुरोध गर्नुभएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार