श्रावण २६, २०८३ मंगलबार August 11, 2026

मोबाइल बैंकिङ एपबाट बिजुलीको बिल तिर्दा थप सेवाशुल्क लाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फोनपे नेटवर्क आबद्ध बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एपबाट बिजुलीको बिल तिर्दा थप सेवाशुल्क लाग्ने भएको छ ।

एक सूचना जारी गर्दै फोनपेले साउन १६ देखि ५०० रूपैयाँभन्दा बढीको विद्युत महसुलमा पाँच रूपैयाँ सेवाशुल्क लाग्ने जानकारी दिएको हो ।

यसअघि नेपाल विद्युत प्राधिकरणले फाेनपे लगायतका भुक्तानी सेवाप्रदायकमार्फत विद्युत महसुल भुक्तानी गर्नसक्ने व्यवस्था ल्याएको थियो ।

यसअन्तर्गत प्राधिकरणले फोनपेसहित आईक्यास प्रालि, आईएमई डिजिटल सोलुसन प्रालि, सेलकम प्रालि, हिमालयन बैंक, नेपाल डिजिटल पेमेन्ट कम्पनी, स्प्यारो पे (खल्ती), नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु पे, महालक्ष्मी विकास बैंक, सजिलो पे पेमेन्ट सर्भिसेस प्रालि, पे वेल नेपाल प्रालिलगायतसँग सम्झौता गरिसकेको छ ।

प्राधिकरणकाे व्यवस्थाअनुसार ५०० रुपैयाँसम्मको महसुल तिर्दा सेवाशुल्क लिन पाइने छैन । यसभन्दा माथिको महसुलमा भने सेवाप्रदायकले प्रतिकारोबार बढीमा पाँच रुपैयाँ सेवाशुल्क लिन पाउनेछन् । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया