असोज १५, २०८३ बिहिबार October 1, 2026

वुहानका नेपाली ल्याउने विमान शनिबार दिउँसो पौने तीन बजे काठमाडौँबाट उड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । चीनमा कोरोना भाइरस प्रभावित हुबेई प्रान्तमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको विमान शनिबार दिउँसो २:४५ मा चीन जाने भएको छ।

विमानमा चालक दलका सदस्य र चार स्वास्थ्यकर्मीसहित १९ जना रहनेछन्।

हुबेई प्रान्तको वुहानबाट नेपालीहरुलाई लिएर सो वाइडबडी विमान आइतबार बिहान २ बजे काठमाडौं विमानस्थल अवतरण हुने निगमकी प्रवक्ता अर्चना खड्काले बताएकी छन

काठमाडौंबाट वुहानको हवाई दूरी करिब तीन हजार किलोमिटर छ। त्यहाँ पुग्न करिब चार घण्टा लाग्नेछ।

हुवेईमा रहेका १ सय ८७ जना नेपालीहरुले उद्धारका लागि आग्रह गरेका छन्। जसमध्ये धेरैजसो विद्यार्थी छन्। बेइजिङस्थित दूतावासका उपप्रमुख सुशील लम्सालले वुहान सहरभन्दा बाहिर रहेका नेपालीहरुलाई विमानस्थलसम्म ल्याउन मोटरको व्यवस्था भइसकेको जनाएका छन्।

कोरोना भाइरस प्रकोपको केन्द्रविन्दु वुहान नै हो। सो सहर र आसपासको क्षेत्रमा संक्रमण रोक्न चीन सरकारले सार्वजनिक यातायात, हवाई सेवा बन्द गरेको छ। त्यसैगरी आवश्यक काम बाहेक बाहिर निस्कन समेत प्रतिबन्ध गरेको छ।

हालसम्म कोरोना भाइरसका संक्रमितको संख्या ५० हजार पुगेको छ भने १ हजार ३ सयको मृत्यु भइसकेको छ। संक्रमितमध्ये ९९ प्रतिशत चीनका छन्।

चीनबाट फर्काएर ल्याउने नेपालीको वुहान र काठमाडौं दुवै स्थानमा स्वाथ्य परीक्षण हुने छ। संक्रमणको लक्षण देखिए उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिने छ भने कुनै लक्षण नभए दुई साताको क्वारेन्टाइनमा पठाइने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार