चैत्र १५, २०८० बिहिबार March 28, 2024

हास्य कलाकार घनश्यामको ‘लुटतन्त्र’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हास्य व्यंग्यको पर्व गाईजात्राको अवसर पारेर हास्य कलाकार घनश्याम गौतमले हास्य व्यंग्य गाईजात्रे झटारो ‘लुटतन्त्र’ बजारमा ल्याएका छन् ।लुटतन्त्रमा समसामायिक राजनीतिक विषयबस्तुलाई र नेताहरुको अकर्मण्यता माथि तिखो व्यंग्य प्रहार गरिएको छ ।

‘डाँडाघरे साइली’ गीतलाई प्यारोडमा ढालिएको गीतमा कलाकार गौतमकै शब्द र स्वर रहेको छ भने कविता श्रेष्ठले गायनमा साथ दिएकी छिन् । कोचे युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा कलाकारहरु सुभाष गजुरेल, कमल मैनाली, दमन रुपाखेती, घनश्याम गौतम, सुरेश तिमल्सिना, प्रेम शर्मा पौडेल, सरिता राजोपाध्याय, गीता थापा, डम्बर घिमिरे, पशुपति दंगाल, विष्णु रोक्का, सविता खड्का, सानु घायल, सुरेन्द्र क्षेत्री, खगेन्द्र गुरागाईं, मनकुमार विश्वकर्मा, सुलभ श्रेष्ठ, राजु तिमल्सिना लगायत छन् ।

भिडियोमा केशव अधिकारी खत्रीको छायांकन, कोचे मल्टीमिडियाको निर्माण तथा अभियान साहित्य कलाकार समाजको सहनिर्माण छ ।

गीतमा संयोजकको कोरियोग्राफी, प्रेम शर्मा पौडेलको सम्पादन र घनश्याम गौतम ‘नक्कली प्रचण्ड’को लेखन र परिकल्पना छ । एउटा प्यारोडी, एउटा लाइभ दोहोरी समावेश गरिएको उक्त प्रस्तुतीमा भ्रष्टचार, महंगी, बेथिति र भ्रष्ट नेता मन्त्रिहरुको भन्डाफोर गरिएको छ !

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
२०८० चैत्र १५, बिहिबार
दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
२०८० चैत्र १५, बिहिबार
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार