असार २१, २०८२ शनिबार July 5, 2025

जापानमा क्वारेन्टाइनमा राखिएका ४० अमेरिकीलाई कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोनाभाइरसको उद्गमस्थल चीनबाहिर अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्।

जापानमा क्वारेन्टाइनमा राखिएका ४० जना अमेरिकी नागरिकमा कोरोनाभाइरस संक्रमण भएको पाइएको हो।

बीबीसीका अनुसार डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको संक्रमण देखिएको एक अमेरिकी अधिकारीले बताएका छन्।

उनीहरू जापानमा उद्धार गरिएका ४०० अमेरिकी नागरिकमध्येका हुन्।

उद्धार गरिएकामध्ये अधिकतर मानिस दुईवटा अमेरिकी हवाईजहाजमार्फत् स्वदेश फर्किरहेका छन्।

तर सङ्क्रमित व्यक्तिहरूलाई उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिनेछ।

तीन हजार ७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारन्टाइनमा राखिएको छ।

उक्त पानीजहाजबाट हङकङमा ओर्लेका एक व्यक्ति नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित पाइएपछि पानीजहाजलाई क्वारन्टाइनमा राखिएको हो।

चीनबाहिर नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित यो सबैभन्दा ठूलो संख्या हो।

जापानी अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार पानीजहाजमा नयाँ कोरोनाभाइरसबाट संक्रमण हुनेको संख्या ७० बाट ३ सय ५५ पुगेको छ।

एक अमेरिकी यात्रीले बीबीसीसँग क्वारन्टाइनका प्रयास विफल भएको र पानीजहाज असुरक्षित लागेको बताएकी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार