असोज १५, २०८३ बिहिबार October 1, 2026

जापानमा क्वारेन्टाइनमा राखिएका ४० अमेरिकीलाई कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । कोरोनाभाइरसको उद्गमस्थल चीनबाहिर अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्।

जापानमा क्वारेन्टाइनमा राखिएका ४० जना अमेरिकी नागरिकमा कोरोनाभाइरस संक्रमण भएको पाइएको हो।

बीबीसीका अनुसार डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको संक्रमण देखिएको एक अमेरिकी अधिकारीले बताएका छन्।

उनीहरू जापानमा उद्धार गरिएका ४०० अमेरिकी नागरिकमध्येका हुन्।

उद्धार गरिएकामध्ये अधिकतर मानिस दुईवटा अमेरिकी हवाईजहाजमार्फत् स्वदेश फर्किरहेका छन्।

तर सङ्क्रमित व्यक्तिहरूलाई उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिनेछ।

तीन हजार ७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारन्टाइनमा राखिएको छ।

उक्त पानीजहाजबाट हङकङमा ओर्लेका एक व्यक्ति नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित पाइएपछि पानीजहाजलाई क्वारन्टाइनमा राखिएको हो।

चीनबाहिर नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित यो सबैभन्दा ठूलो संख्या हो।

जापानी अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार पानीजहाजमा नयाँ कोरोनाभाइरसबाट संक्रमण हुनेको संख्या ७० बाट ३ सय ५५ पुगेको छ।

एक अमेरिकी यात्रीले बीबीसीसँग क्वारन्टाइनका प्रयास विफल भएको र पानीजहाज असुरक्षित लागेको बताएकी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार