भाद्र २, २०८३ मंगलबार August 18, 2026

बीमा विधेयक पारित गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभा बैठकको आजको कार्यसूचीमा बीमा विधेयक पारित गर्ने लगायत रहेका छन् । करिब चार वर्षअघि संघीय संसदमा दर्ता भएको बीमा विधेयक बल्ल पारित गर्ने तयारी थालिएको हो ।

आज बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक २०७५ पारित गर्ने संसद सचिवालयको सम्भावित कार्यसूचीमा उल्लेख छ । वि.सं. २०७५ असार २७ गते उक्त विधेयक दर्ता भएको थियो । यसका साथै आज सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि पनि छलफल हुने र सम्भवतः आजै पारित हुने जनाइएको छ ।

यसैगरी आजको सम्भावित कार्यसूचीमा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्ने उल्लेख छ ।

साथै काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६, स्टाण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक २०७८ र प्रत्यायन विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची समेत सचिवालयले सार्वजनिक गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार