भाद्र २, २०८३ मंगलबार August 18, 2026

गणपूरक संख्या नपुगेपछि दोस्रो पटक प्रतिनिधिसभा बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: प्रतिनिधिसभा बैठक गणपूरक संख्या जनपुगेपछि स्थगित भएको छ। आइतबार बसेको पहिलो बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको छ ।

आइतबार बसेको पहिलो बैठकमा सांसद प्रेम सुवालले गणपूरक संख्या एकिन गर्न माग गरेपछि १५ मिनेट घण्टी बजाएर गरिएको गणनामा गणपूरक संख्या नपुगेको पुष्टि भयो ।

कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिँदा एक चौथाइ ६९ सदस्य हुनुपर्नेमा तीन मिनेट घण्टी बजार गणना गर्दा ६७ जना मात्र सांसद उपस्थित रहेको देखिएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेका लागि बैठक स्थगित गरे ।

यसपछि पुनः दोस्रो पटक बसेको बैठकमा पनि सांसद प्रेम सुवालले नै गणपूरक संख्या एकीन गर्न माग गरे ।

त्यसपछि पुनः तीन मिनेट घण्टी बजार गणना गर्दा गणपूरकलाई ६९ जना हुनुपर्नेमा ६७ जना नै उपस्थित रहेपछि बैठक स्थगित गरिएको हो। स्थगित बैठक ३१ साउन मंगलबार बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार