असोज १५, २०८३ बिहिबार October 1, 2026

नेपाल ल्याइएका सबै १७५ जनामा कोभिड–१९ संक्रमण देखिएन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको संक्रमण महामारीको रुपमा फैलिएको चीनको हुबेइबाट उद्धार गरी ल्याइएका सबै नेपालीमा संक्रमण नरहेको पुष्टि भएको छ ।

भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा रहेका १७५ जनाको नमूना परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको हो । सबै १७५ जनाको ‘थ्रोट स्वाव’ तथा ‘नेजल स्वाव’ को नमूना संकलन गरिएको थियो ।

सबै नमूनाको परीक्षण मंगलबार बेलुका सकिएको र नतिजा नेगेटिभ अर्थात उनीहरुमा कोभिड–१९ को संक्रमण नरहेको पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यसबारे बुधबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने प्रयोगशालाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार