श्रावण १४, २०८३ बिहिबार July 30, 2026

खरिपाटी क्वारेन्टाइन सेन्टरमा रहेका कसैलाई पनि कोभिड–१९ को संक्रमण छैनः स्वास्थ्य मन्त्रालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा रहेका १७५ जनामै कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

गएको आइतबार बिहान चीनको हुबेइ प्रान्तका विभिन्न शहरबाट उद्धार गरी ल्याइएका नेपालीहरुको नाक र घाँटी भित्रको नमूना परीक्षण गर्दा कोभिड–१९ संक्रमण नरहेको पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले फागुन ४, ५ र ६ गते सघन रुपमा गरेको परीक्षणमा सबै नमूनामा कोभिड–१९ नेगेटिभ देखिएको हो । कोभिड–१९ का लागि रियल टाइम आरटी–पिसिआरबाट परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिएका छन ।

मन्त्रालयले चीनबाट नेपाली ल्याउन सहयोग गर्ने सबै पक्षलाई धन्यबाद समेत भनेको छ । चीनको हुबेइ प्रान्तको वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक देखिएको कोभिड–१९ को संक्रमणले हाल महामारीको रुप लिएको छ । यसका कारण चीनमा दुई हजार भन्दा बढी मानिको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार