कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

मध्यपुर थिमिमा ८८ वर्षपछि सञ्चालित सातदिने महाकाली नाच सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलमा ८८ वर्षपछि यस वर्ष प्रदर्शनमा आएको प्राचीन महाकाली नाच आजदेखि सम्पन्न भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र द्वितीयाको साँझ ६ बजेदेखि राति १ बजेसम्म दैनिक सञ्चालन हुँदै आएको महाकाली नाच आजदेखि सम्पन्न भएको नाच सञ्चालन समितिका संयोजक राधेश्याम प्रजापतिले बताउनुभयो ।

नाच पहिलो दिन पाचो, दोस्रो दिन पोबु, तेस्रो दिन गार्चा, चौथो दिन दिगु, पाँचौँ दिन बालकुमारी, छैटौँ दिन नासननी र सातौँ दिन दिगुटोलमा प्रदर्शन गरी सम्पन्न गरिएको हो । यस नाचमा महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेता, भूत भैरव, कवं, ख्याक, माकः (बाँदर) गरी १७ देवगणको स्वरूपमा नाच सञ्चालन गरिएको बताउँदै संयोजक प्रजापतिले महाकाली नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, जल, अग्नि, वायु, भूकम्प, चट्याङ भय नहुने जनविश्वास रहँदै आएको बताउनुभयो ।

मल्लकालदेखि चल्दै आएको महाकाली नाचको मूल गुरु श्रीगोपाल प्रजापति रहेको यो नाच अब हरेक वर्ष सञ्चालन गर्नेगरी तयारी गरिएको अर्का गुरु राजकुमार चक्रधरले बताउनुभयो ।

विभिन्न २१ वटा तालमा नाच्ने महाकाली नाचमा आठ वर्षका बालकदेखि ३५ वर्षका युवासमेतको सहभागिता रहेको छ । यस वर्ष नाचमा देवगण बनेर नाच्नेमा महाकालीमा गोपी प्रजापति, महालक्ष्मी आयुष प्रजापति, महादेवी कृष्ण भासिमा, बेतालमा अमन प्रजापति, रमित प्रजापति, कृजल प्रजापति र सुमन प्रजापति रहेका छन् ।

त्यस्तै कृष्ण प्याथं र रोम चक्रधर ख्याक, रोहन प्रजापति र सलोन प्रजापति भूत भैरव, निलव प्रजापति र सिजन प्रजापतिले कवाँ, विकेश प्रजापति सिंह, श्रवण श्रेष्ठ र इशान प्रजापतिले माक (बाँदर) र स्वस्थानी प्रजापति दैत्यको भूमिका निर्वाह गरेर नाच प्रदर्शन गरिएको छ । महाकाली नाचमा धाँ बाजा, दिँ बाजा, मुहाली बाजा र चावी बाजा बजाउने गरिन्छ । देवासुर सङ्ग्राममा आधारित रहेर कलात्मक ढङ्गले तान्त्रिक विधिअनुसार नाचिने महाकाली नाच भष्मासुर दैत्यका धार्मिक कथामा आधारित रहेर सञ्चालन गरिन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार