असार २१, २०८२ शनिबार July 5, 2025

दक्षिण कोरियामा नोवेल कोरोनाले महामारीको रुप लिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चीनमा महामारीको रुप लिएको कोभिड–१९ अर्थात नोवेल कोरोना भाइरसको संक्रमण पछिल्लो समय दक्षिण कोरियामा तीव्र रुपमा फैलिएको छ । एक दिनमै दक्षिण कोरियामा नोवेल कोरोना भाइरसको संक्रमण दोब्बर भन्दा बढी भएको हो ।

शनिबार एकै दिन थप २२९ जनामा संक्रमण पुष्टि भएको हो । दक्षिण कोरियामा शुक्रबारदेखि ठूलो संख्यामा संक्रमण देखिएको हो । शुक्रबारयता दक्षिण कोरियामा संक्रमितको संख्या ४३३ पुगेको छ।

टेलिभिजन सम्बोधनको क्रममा दक्षिण कोरियाका प्रधानमन्त्री चुङ्ग साई–क्यूनले अवस्था अति गम्भीर बनेको बताएका छन् ।

संक्रमित हुनेहरु अधिकांश दक्षिण कोरियाको दक्षिण–पूर्वी शहर डेइगूका हुन् । सो क्षेत्रको एक अस्पताल तथा धार्मिक समूहमा रहेका मानिसमा संक्रमण भएको हो । अहिलेसम्म दक्षिण कोरियामा नोवेल कोरोना भाइरसका कारण दुईजनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ ।

डेइगु र अस्पताल रहेको चोङ्डू शहरलाई दक्षिण कोरिया सरकारले ‘स्पेशल केयर जोन’ घोषणा गरेको छ । डेइगू क्षेत्रको बाटो प्रयोग नगर्न सुझाव समेत दिइएको छ ।

चीन बाहिर सबैभन्दा धेरै मानिसमा कोभिड–१९ को संक्रमण भएको देश दक्षिण कोरिया बनेको छ।

चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै २३ सय ४५ जनाको मृत्यु भइरसकेको छ । चीनमा पछिल्लो केही दिनयता नयाँ संक्रमणको दर केही कम भएको छ ।

यस्तै जापानमा क्वारेन्टाइनमा राखिएको डायमण्ड प्रिन्सेज क्रुज सिपमा रहेका मध्ये ६०० जना भन्दा बढीमा कोभिड–१९ को संक्रमण भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार