वैशाख १३, २०८१ बिहिबार April 25, 2024

६८ डलर दिनु पर्ने ठाउँमा ७२ लाख डलर दिएपछि… ..

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कसैले आफ्नो खातामा झुक्किएर लाखौं डलर पठाइदियो भने तपाई के गर्नु हुन्छ ? आफूले पाउनु पर्ने भन्दा लाखौं गुणा बढी पैसा फिर्ता पाइयो भने कस्तो महसुस होला ?

क्रिप्टोकरेन्सी एक्सचेञ्ज क्रिप्टोडटकमले ६८ डलर (१०० अष्ट्रेलियन डलर) तिर्नु पर्ने ठाउँमा एक महिलालाई झुक्किएर ७२ लाख डलर (१ करोड ५ लाख अष्ट्रेलियन डलर) तिरेको छ । यति ठूलो रकम झुक्किएर गएको कुरा कम्पनीले सात महीना पछि मात्रै थाहा पायो । रकम स्थानान्तरण सन् २०२१ को मेमा भएको थियो ।

तर सो वर्षको डिसेम्बरमा लेखा परीक्षण गर्दा खेरि मात्रै कम्पनीलाई सोबारे थाहा भएको भन्दै अष्ट्रेलियाको न्यूज आउटलेट ७न्यूजले बताएको छ । कम्पनीले पैसा फिर्ता पाउने प्रयास थाल्दासम्म केही रकम खर्च भइसकेको थियो ।

बढी रकम पाउने ग्राहक थेभामानोगारी मानिभेल नामक महिला भएको बताइएको छ । आफ्नो खातामा बढी पैसा आएपछि उनले कम्पनीलाई यसबारे जानकारी दिइनन् । गुपचुप बसिन् । पैसा एउटा संयुक्त खातामा पठाएर सोमध्ये ८ लाख ९० हजार ५२६ डलर खर्चेर आफ्नो बहिनीलाई मेलबर्नमा ५ बेडरुम भएको शानदार बंगला किनेर दिइन् ।

कम्पनीले भुक्तानीको रकम हाल्नु पर्ने ठाउँमा झुक्किएर खाता नम्बर हाल्दा सो त्रुटी भएको बताइएको  छ । यस विषया सोधिएको प्रश्नमा क्रिप्टोडटकमले तत्कालै कुनै प्रतिक्रिया नदिएको बताइन्छ । अहिले क्रिप्टोडटकम झुक्किएर पठाइएको बढी पैसा फिर्ता पाउन कानूनी लडाई लडिरहेको छ । कम्पनीले भिक्टोरियाको सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

अदालतले मानिभेलका दिदी बहिनीलाई क्रिप्टो एक्सचेञ्जले पठाएको पैसाबाट किनेको सो बंगला बेचेर पैसा एक्सचेञ्जलाई फिर्ता गर्न आदेश दिएको छ । यो आदेश नमानेमा अदालतको अवहेला मानिने चेतावनी समेत अदालतले दिएको छ । यो मुद्दाबारे अक्टोबरमा अर्को पेशी हुँदैछ ।

सन २०२१ को डिसेम्बरमा कोरियाका एक न्यायाधीशले समेत यस्तै खालको एक मुद्दामा स्थानी लगानीकर्तालाई दण्डित नगर्न आदेश दिएका थिए । सन् २०१८ को जुनमा उनको खातामा झुक्किएर आको १९९ दशमलव ९९९ ओटा बिट्क्वाइन ती लगानीकर्ताले राखेका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया