कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

गौरा पर्वको अन्तिम दिन आज दूर्वाष्टमी व्रत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सुदूरपश्चिम प्रदेशको मौलिक गौरा पर्वको अन्तिम तथा महत्वपूर्ण दिन आज व्रतालु महिलाले दूर्वाष्टमी व्रत बसी मनाउँदै छन् । यस दिनलाई अठवाली पनि भन्ने गरिएको छ ।

अठवालीको दिन लौकिक मान्यताअनुसार गौराकी सौताका रुपमा सञ्ज्या गौरालाई ल्याइने गरिएको कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टीएन जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यस दिन व्रत गर्ने नारीहरुले घाँटीमा बाँध्ने धागो फेर्छन् । जसलाई दुब्धागो भनिन्छ ।

रातो, पहेलो र कालो धागोबाट बनाइएको दुब्धागो सामान्यतयाः पोतेजस्तै देखिनेगरेको जनाइएको छ । रक्षाबन्धनका दिन बाहुन, क्षेत्रीय पुरुषले नयाँ जनै फेरेझै यस पर्वको अन्त्यमा व्रतालुहरुले घाँटीमा बाँध्ने धागो फेर्ने चलन रहेको जोशीको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लासहित कैलाली, कञ्चनपुरमा समेत धुमधामसँग मनाइने गौरा पर्व भाद्र शुक्ल वा कृष्णपक्षमा मनाइने गरिन्छ । यो पर्व कहिले भाद्र शुक्लपक्ष त कहिले कृष्णपक्षमा पर्ने गर्छ । यो वर्ष भाद्र शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउँदै गौरा पर्व सुरु भएको थियो । गौरा सकिएपछि देउडा खेल खेल्ने चलन रहेको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार