असोज १५, २०८३ बिहिबार October 1, 2026

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिने जोखिम अति उच्च : डब्लुएचओ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नोवेल कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौति रहेको बताएका छन् ।

विश्वका ५० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । इरानका सरकारी अधिकारीले शुक्रबारसम्म कोरोनाका कारण ३४ जनाको मृत्यु भएको बताए पनि अस्पताल स्रोतहरुले भने मृत्यु हुनेको संख्या कम्तिमा २१० रहेको बताएका छन् ।

जेनेभामा भएको पत्रकार सम्मेलनमा डा. टेड्रोसले अहिलेसम्म भाइरसहरु स्वतन्त्र रुपमा फैलिएको प्रमाण अहिलेसम्म फेला नपरेको बताएका छन ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुस

विश्वव्यापी रुपमा अहिलेसम्म ८० हजार भन्दा बढी मानिसमा कोरोनाको संक्रमण भएको छ र झण्डै २८ सयजनाको मृत्यु भएको छ । संक्रमित तथा मृत्यु हुने अधिकांश चीनका छन् । चीनमै पनि अधिकांश हुबेइ प्रान्तको वुहान शहरका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप स्वीट्जरल्याण्डले एक हजार जनाभन्दा बढी मानिस भेला हुने सबै कार्यक्रम मार्च १५ सम्मका लागि रद्द गरेको छ ।
यस्तै आइसल्याण्ड, नाइजेरिया, मेक्सिको, न्युजिल्याण्ड, बेलारुस तथा नेदरल्याण्डसमा पनि कोरोनाको संक्रमण पुगेको छ । चार महादेशका यी ६ देशमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो ।
विश्वका ५० भन्दा बढी देशमा संक्रमण फैलिएको भए पनि कोरोनाको संक्रमण विश्वव्यापी महामारी भने नरहेको डब्लुएचओले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार