असोज १५, २०८३ बिहिबार October 1, 2026

कोरियामा रहेका एक नेपालीलाई कोरोना संक्रमणको आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सोमबार बिहानै सामाजिक सञ्जालमा कोरियाको ख्वाङजुमा एक नेपालीलाई कोरोना (कोभिड–१९) संक्रमण भएको खबर फैलियो।

ख्वाङजुस्थित एक अस्पतालमा विगत ४ दिनदेखि उपचार गराइरहेका ती नेपालीको तीन दिनअघि नै संक्रमण भएको पुष्टि भएको पूर्व सञ्चारकर्मीसमेत रहेका जोकराज कुलुङले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

‘नाम नबताउने शर्तमा (तर मैरै चनजानको), ख्वाङजु स्थित एक अस्पतालमा विगत ४ दिनदेखि उपचारसेवा लिँदै, उनको ३ दिनअघि नै भाइरस संक्रमण पुष्टि भएको रहेछ’, सामाजिक सञ्जाल फेसबुकमा कुलुङले लेखेका छन्, ‘यो सूचना आतंकित बनाउन नभई ‘नेपाली मसाला खानेलाई कोरोनाले केही गर्दैन’ भन्दै सुरक्षामा लापरबाही गर्नेलाई सतर्कताका लागि हो।’

उनको स्टाटसमाथि प्रतिक्रिया व्यक्त गर्दै धेरैले संक्रमित भएका नेपालीलाई स्वास्थ्यलाभको कामना गरेका छन्। कतिले उनलाई झुठो समाचार फैलाएको भन्दै गालीसमेत गरेका छन्।

‘उनी हाम्रो चीन जानका एकदम नजिकका साथी हुन्’, उनले भने, ‘सुरुमा मलाई पनि उनलाई संक्रमण भएको विश्वास लागेको थिएन। तर, पटकपटक सोध्दा मसँग र अरु साथीसँग पनि उनले संक्रमण भएको कुरा बताएका छन्।’

त्यसको पुष्टिका लागि उनले संक्रमित भएका व्यक्तिसँग भएको संवादको स्क्रिनसट समेत उपलब्ध गराएका छन्। सो स्क्रिनसटमा उनले तीन पटकसम्म तपाईंलाई संक्रमण भयो भन्ने सुनियो भन्दै गरेको प्रश्नमा उनले आफूलाई संक्रमण भएको रिर्पोट अस्पतालले दिइसकेको उल्लेख गरेका छन्। नेपालमा रहेका परिवारलाई तनाव हुने कारणले ती संक्रमितको पहिचान भने कुलुङले खुलाउन चाहेनन्।

‘उनी पढेलेखेका र अंग्रेजी पनि बुझ्ने मान्छे हुन्। अस्पतालले दिएको रिपोर्ट उनले नबुझ्ने कुरो भन्ने हुन्न’ कुलुङले ती संक्रमितसँग भएको कुराकानी उदृत गर्दै भने, ‘उनीसँगको कुराकानीमा ‘आफूलाई चाँडै मर्न मन नभएको र कोरोना संक्रमणबाट बँचेर आउने’ भावुक कुरा गरेका छन्।’

कुलुङका अनुसार कम्पनीमा बाहिरबाट समान डेलिभर गर्ने ड्राइभरबाट आफूलाई कोरोना सरेको ती संक्रमितको आशंका छ। उनी कार्यरत कम्पनीमा रहेका अरु नेपालीलाई भने कोरोना देखिएको खबर नआएको उनले बताएका छन।

गैरआवासीय नेपाली (एनआरएन)ले भने यसको पुष्टि भइनसकेको जनाएको छ। एनआरएनए कोरियाका सचिव मनोज गौतमले आफूहरुले पनि हल्ला सुनेको तर आधिकारिक रुपमा केही आइनसकेको बताएका छन।

एनआरएनए कोरियाले सामाजिक सञ्जालमा केहीअघि मात्रै एक पोस्ट लेख्दै आफूहरुले विभिन्न निकायसँग कुरा गर्दा त्यसको पुष्टि नभएको उल्लेख गरेको छ।
‘दक्षिण कोरियाको ख्वाङजु शहरमा एक जना नेपालीलाई कोरोना संक्रमण भएको भन्ने विभिन्न महानुभावले गर्नुभएको फेसबुक पोस्ट र सेयर प्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ एनआरएनए कोरियाले लेखेको छ, ‘हामीले स्थानीय महानगरपालिका र परराष्ट्र मन्त्रालयसँग गरेको सोधपुछमा हालसम्म कुनै नेपालीमा कोरोन संक्रमण नदेखिएको सम्पूर्ण सबैमा जानकारी गरिन्छ।’

कोरना भाइरस सम्बन्धित झुटा र अतिरञ्जित समाचार वा अफवाहको प्रचार, प्रसार र प्रकाशन कोरियाको कानुन अनुसार बर्जित रहेको कोरियाको प्रचलित कानुन अनुसार हदैसम्मको दण्ड सजाय हुने भएको हुँदा झुटा, अतिरञ्जित र कपोकल्पित समाचार प्रचार–प्रसार र प्रकाशन नगर्न एनआरएनए कोरियाले अनुरोध गरेको छ।
सोही स्टाटसमा नेपालीलाई कोरोना भएको स्टाटस लेख्ने कुलुङले प्रतिक्रिया दिएका छन्, ‘हतारमा विज्ञप्ति निकाल्नुभन्दा पहिले पीडितसम्म पुगौं। अनि गोपनियताको विश्वास दिलाउनुस्। म भेटाउन्छु।’

कुलुङले पनि उनको गोपनियता कायम हुने विश्वास दिलाए एनआरएनए तथा दूतावासका कर्मचारीहरुलाई भेटाउन आफू तयार भएको बताएका छन। आफूले एनआरएनएका अध्यक्ष यज्ञराज सुवेदीलाई ती व्यक्तिबारे जानकारी दिइसकेको र सुवेदीले उनीबारे सोधखोज गरिरहेको बताएका छन्।

यस्तै एनआरएनको स्टाटसमा नै अर्का एक व्यक्तिले समेत ती संक्रमित व्यक्ति आफ्नो चिनजानको मान्छे रहेको र प्रत्यक्ष सम्पर्कमा रहेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘यो झुटो होइन। वहाँ हाम्रो चिनजानकै मान्छे हो। परिवारलाई जानकारी नदिने शर्तमा हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। नाम इनबक्स गर्नुपर्छ भने हामी दिन सक्छौं। हाम्रो पनि एसएमएसमा कुरा भएको हो।’

त्यस्तै अर्का एक व्यक्तिले समाचार सम्प्रेषण गर्ने मान्छेले नै ग्यारेन्टी भनिसकेपछि अन्य व्यक्तिले अशोभनीय, असभ्य भाषमा गाली गरिहनु कहाँसम्मको जायज हो भनि लेखेका छन्।

यस विषयमा कोरियास्थित नेपाली राजदूतावासले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार कोरियामा हाल ३५ देखि ४० हजार नेपालीहरु छन्।

कोरियामा हालसम्म कोरोनाको संक्रमणका कारण २६ जनाको मृत्यु भइसकेको छ भने ४२ सय १२ जनालाई हालसम्म संक्रमण देखिएको छ। चीनपछि कोरोनाको संक्रमण सबैभन्दा बढी देखिएको देश पनि कोरिया हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार