वैशाख ११, २०८१ मंगलबार April 23, 2024

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–१ ठेगाना भई हाल ललितपुर महानगरपालिका–१५ कुमारीपाटी बस्ने ३७ वर्षीय रन्जित खड्का छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दामा २० लाख ५० हजार रूपैयाँ विगो ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया