चैत्र १५, २०८० बिहिबार March 28, 2024

थाहा पाउनुहोस् आजको राशिफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आजको पात्रो: ७ असोज २०७९, शुक्रबार । तद्नुसार सेप्टेम्बर महिनाको २३ तारिक २०२२ । आश्विनकृष्ण पक्ष त्रयोदशी तिथि, गर करण, मघा नक्षत्र, सिद्ध योग र चन्द्रमा सिंह राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ५ः५२ मा भएको छ भने सूर्यास्त ६ः०० बजे हुनेछ । आजका देवता कार्तिकेय र ग्रहदेव केतु हुन् । शुक्रबार यात्रा र विदेश यात्राका लागि शुभ हुनेछ । आज बिहान ११ः३३ देखि १२ः२१ सम्मको समय उत्तम रहेको छ । आजको दिन ऋण दिनको लागि अशुभ रहेको छ । आजको दिन कसैसँग विवाद नगर्नुहोला ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको विष्णु, शिव मन्दिरमा यात्रा गर्दा मनमा खुसीयाली छाउने छ । बिहानै सूर्योदयको  दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । यात्रा निकै फलदायी हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
व्यापारबाट अर्थलाभ हुनेछ । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । अनावश्यक आरोप लाग्नसक्छ । कुनै कुरा बोल्दा विचार गर्नुहोला । मौन रहनु उत्तम हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन परिवार र आफन्तजनले सहयोग दिनेछन् । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ । मौन रहनु निकै फलदायी रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन शुभ रहेको छ । आफ्नो कार्य कुशलता देखाउन सक्नुहुनेछ । त्यसैले आजको दिन आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यले अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ । अध्यामिक यात्राले फाइदा हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
कन्या राशिका जातकका लागि आजको दिन आफन्तसँग सम्बन्धमा चिसो पन आउन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । आजको दिन कन्याहरुलाई केही खानेकुरा दिनु उत्तम हुनेछ । कुनै देवीको मन्दिरमा यात्रा गर्दा पनि हुन्छ । बालिकालाई भोजन गराउनुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन शुरु गरेको काम सफल हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । अर्थहानी हुन सक्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । चन्द्रमाको साथ छ, सूर्योदयको दर्शन र जल अभिषेक गर्नु गर्दा सोच अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
धनु राशि भएका व्यक्तिका लागि आजको दिन ग्रहहरु बलिया छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन मान सम्मान मिल्ने छ । विहानको सूर्योदयको दर्शन गरेपछिको दिन त उत्तम हुनेछ । आजको दिन देवस्थलको  दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । आजको यात्रा निकै फलदायी हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन व्रत गर्दा  तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । साँझको समयमा यात्रा नगर्नुहोला । शिवालय यात्रा गर्दा उत्तम हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा हानी हुनसक्नेछ । आज व्रत गरेर, मौन रहेर नियमित काममा एकचित्त भएर लाग्नु वेश हुनेछ । आजको दिन आत्मसमीक्षा गर्नु उत्तम हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया