मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

प्रदेश १ मा पहाडी र हिमाली जिल्लामा डेंगुको संक्रमण बढि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विगतका वर्षहरुमा डेंगुको संक्रमण खास गरी तराईका जिल्लामा बढी मात्रामा फैलने गरेको पाइन्थ्यो । पहाडी र हिमाली जिल्लाहरु तुलनात्मक रुपमा तराइका जिल्ला भन्दा सुरक्षित हुने गरेका थिए । तर यो वर्ष प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा भने नतिजा फरक देखिएको छ । तराईका जिल्ला भन्दा पहाडी र हिमाली जिल्लामा डेंगुको संक्रमण बढि फैलिएको पाईएको छ ।

पछिल्लो समय प्रदेश १ मा डेंगुको संक्रमण बढ्दो छ । स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार लामखुट्टेको टोकाइवाट हुने डेंगुका विरामीको संख्या प्रदेश १ मा दिन प्रतिदिन बढिरहेको छ । सोमबारसम्म प्रदेश १ का १४ जिल्लामा डेंगुका विरामीको संख्या ७ सय ५४ पुगेको छ । अझ अनौठो तथ्य त यो पटक डेंगुको संक्रमण तराईका जिल्लामा भन्दा पहाडी र हिमाली जिल्लामा फैलिएको छ । अघिल्ला वर्षहरुमा तराइ उपत्यका जस्ता घना बस्ती भएको स्थानमा बढि देखिने डेंगुको संक्रमण देखिएपनि यो वर्ष भने पहाडी र हिमाली जिल्लामा बढि देखिएको हो ।

सोमबारसम्म प्रदेश १ को तराईका तिन जिल्लामा ३ सय २४ जनामा डेंगु देखिदा पहाडी तथा हिमाली जिल्लामा भने ४ सय ३० जनामा डेंगुको संक्रमण देखिएको छ । प्रदेश १ को सुनसरी जिल्लामा सबैभन्दा बढी १ सय ७० जना र सबैभन्दा कम ताप्लेजुङ जिल्लामा २ जनामा डेंगुको संक्रमण देखिएको छ । संक्रमण देखिएको प्रदेश १ को दोस्रो जिल्लामा तेह्रथुममा १ सय ३७, तेस्रोमा संखुवासभामा १ सय २५ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका मेडिकल ल्याब टेक्निसियन तथा किट जन्य रोग फोकल पर्सन दिलिप सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा ८१, मोरङमा ७३, उदयपुरमा ६१, खोटाङमा ३६, धनकुटामा २९ जनामा संक्रमण देखिएको छ । यस्तै ओखलढुंगामा २३, इलाम, पाचँथर र भोजपुरमा १२/१२, सोलुखुम्बुमा ७ र ताप्लेजुङमा २ जनामा संक्रमण देखिएको छ ।

तराईमा सबै भन्दा बढी सुनसरीमा र पहाडमा सबैभन्दा बढी तेह्रथुममा संक्रमण देखिएको छ । यो संक्रमण फैलदो रुपमा रहेकाले एडिज जातको लाम्खुट्टेबाट जोगिनु एकमात्र बिकल्प रहेको चिकित्सकको सुझाब छ ।

प्रदेश १ को पहाडी र हिमाली जिल्लामा नपत्यारिलो ढंगले यसको संक्रमण बढिरहेको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य निरीक्षक तारादेवी सुवेदीको भनाइ छ । उहाँका अनुसार थकित तथा कमजोरी महसुस हुनु डेंगु रोगका सुरुका लक्षण हुन भने त्यसपछि उच्च ज्वरो आउनु, जिउ दुख्नु, हाडजोर्नी दुख्नु, टाउको दुख्नु, आँखा दुख्नु र कसै कसैलाई वान्ता वा पखाला हुनु डेंगु रोगको लक्षण हुन् । यी लक्षण देखिएमा पारासिटामोला जस्ता सामान्य औसधि घरमै प्रयोग गर्न सकिने र सामान्य औषधि प्रयोग गर्दा निको नभएमा नजिकको अस्पताल जान उहाँको सुझाव छ ।

डेंगु रोग एडिज जातको लामखुट्टेको टोकाइबाट मात्र सर्ने संक्रमण हो । डेंगु भएको बिरामीलाई टोकेर अर्को स्वस्थ व्यक्तिलाइ एडिज जातको लामखुट्टेले टोकेमा संक्रमण सर्ने धनकुटा अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन डा. मनिष शाहले बताउनु भयो । लामखुट्टेले टोकेको ४ देखि १४ दिन भित्रमा यसको लक्षण देखिने र पहिलो चरणमा संक्रमितले राम्रो उपचार नपाएमा गम्भीर समस्या आउने र बिरामीको मृत्यु पनि हुने उहाँको भनाइ छ । धनकुटा अस्पतालमा डेंगुका बिरामी नआउने गरेको भएपनि पछिल्लो २ हप्तादेखि दैनिक संक्रमण बढिरहेको उहाँको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनचाँदीको मूल्य उकालो लाग्न शुरु
२०८३ मंग्सिर ७, सोमबार
राजघाटस्थित महात्मा गान्धी समाधिस्थलमा प्रधानमन्त्री बालेनले के लेखे ?
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाहलाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान
२०८३ मंग्सिर ७, सोमबार
एनपिएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर
२०८३ मंग्सिर ७, सोमबार
साझा राष्ट्रिय एजेन्डा नबनाई प्रधानमन्त्री शाह भारत गएकोमा झलनाथ खनालको असन्तुष्टि
२०८३ मंग्सिर ७, सोमबार
दानबहादुर कार्कीको मुद्दा फुयाल र पाण्डेयको इजलासमा
२०८३ मंग्सिर ७, सोमबार
अपी हिमाल : प्रकृतिको अनुपम उपहारदेखि जलवायु न्यायको आवाजसम्म
२०८३ मंग्सिर ७, सोमबार