मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

क्यान्सर जितेकासँग रमाए उपचारमा संलग्न चिकित्सकहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः क्यान्सर रोगका चिकित्सक डाक्टरहरु क्यान्सर रोग निको भएका ‘क्यान्सर विजेताहरु’ सँंग सोमबार रमाएका छन् । क्यान्सर रोगलाई जित्न सफल भएको भन्दै त्यसको खुशियालीमा भएको भेटघाट कार्यक्रममा उपचारमा संलग्न डाक्टरहरु पूर्व विरामीहरुको खुशीमा सहभागी भई हौसला बढाउन पुगेका थिए ।

नेपाल क्यान्सर सहयोग समूहले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरको समन्वयमा गरेको कार्यक्रममा क्यान्सर विजेताहरुले विभिन्न खेलका साथ नाचगानको कार्यक्रम राखेका थिए । त्यही कार्यक्रममा क्यान्सर विजेताहरुको हौसला वढाउन डाक्टरहरु पुगेनन् मात्र नाचगानमासमेत सहभागी भएका थिए ।

क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठले क्यान्सरको सवैभन्दा ठूलो औषधि मनोबल भएको भन्दै मनोबल उच्च राख्न सके क्यान्सर रोगलाई परास्त गर्न सकिने बताए । उनले क्यान्सर रोग निको हुने रोग भएको भन्दै हौसलालाई निरन्तर बढाइराख्न सुझाए । सुदीप्त क्यान्सर सर्भाभर मिट ३६ इडिसन सेलिव्रेटिंग फिप्ट योर्स अफ सर्भावरशिप विट डली गुरुग अर्थात डली गुरुगले क्यान्सर विजय प्राप्त गरेको पाँंचौ वर्षको अवसरमा गरेको ३६ औं क्यान्सर विजेताहरुको भेटघाटमा म्युजिकल चेयरलगायतका विभिन्न कार्यक्रमहरु राखिएको थियो ।

साथै सांगितिक कार्यक्रम पनि राखिएको थियो । त्यही कार्यक्रममा चिकित्सक, क्यान्सर विजेताहरु अन्य सहभागीहरु नाचगान गरी रमाएका थिए । नाचगानमा नेपाल क्यान्सर सहयोग समूहकी उपाध्यक्ष स्वरुपा श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठलगायतले क्यान्सर विजेताहरुको खुशीमा सहभागी हुँदै हौसला बढाउन नाचगानमा साथ दिएका थिए ।

कार्यक्रममा क्यान्सर विजयी भएको पाँंच वर्ष पूरा गरेका क्यान्सर विजेता डेली गुरुगले हाल क्यान्सर रोगको उपचार गरिरहेका तीन जना विरामीहरुलाई आर्थिक सहयोग डोनेशन वितरण गरेकी थिइन् । साथै क्यान्सर विजेताहरुलाई मायाको चिनो पनि वितरण गरिएको थियो । कार्यक्रममा एक दर्जन चिकित्सक, तीन दर्जन क्यान्सर विजेता तथा त्यससँंग सम्वन्धित व्यक्तिहरु सहभागी रहेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनचाँदीको मूल्य उकालो लाग्न शुरु
२०८३ मंग्सिर ७, सोमबार
राजघाटस्थित महात्मा गान्धी समाधिस्थलमा प्रधानमन्त्री बालेनले के लेखे ?
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाहलाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान
२०८३ मंग्सिर ७, सोमबार
एनपिएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर
२०८३ मंग्सिर ७, सोमबार
साझा राष्ट्रिय एजेन्डा नबनाई प्रधानमन्त्री शाह भारत गएकोमा झलनाथ खनालको असन्तुष्टि
२०८३ मंग्सिर ७, सोमबार
दानबहादुर कार्कीको मुद्दा फुयाल र पाण्डेयको इजलासमा
२०८३ मंग्सिर ७, सोमबार
अपी हिमाल : प्रकृतिको अनुपम उपहारदेखि जलवायु न्यायको आवाजसम्म
२०८३ मंग्सिर ७, सोमबार