वैशाख १३, २०८१ बिहिबार April 25, 2024

छिमेक लघुवित्तले बाेलायाे १० वर्षअघिको नगद लाभांश लिन सेयरधनीलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः छिमेक लघुवित्तले १० वर्ष पुरानो नगद लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको छ । कतिपय सेयरधनीले आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७७/७८ सम्मको नगद लाभांश लिन नआएपछि कम्पनीले सूचना जारी गरेरै लिन बोलाएको हो ।

यसको लागि लघुवित्तको प्रधान कार्यालय मध्यबानेश्वर, काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न कम्पनीले अनुरोध गरेको हो ।

यता, तोकिएको समयभित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने कम्पनीले उल्लेख गरेको छ । नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया