वैशाख ११, २०८१ मंगलबार April 23, 2024

थप ३८जनामा कोरोना पुष्टि, ५२संक्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराइएका २८१८ नमूनामध्ये ३८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। १२८४ नमूनाको पीसीआर र १५३४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ३१ र एन्टिजेन विधिबाट ७ गरी कूल ३८ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार बुधबार थप ५४ जना कोरोनामुक्त भएका छन्। आज कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना छ। हाल कोरोना सक्रिय संक्रमितको संख्या ११२२ रहेको मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया