वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

सल्यानमा जिप दुर्घटना : २ जनाको मृत्यु, १७ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दामोदर केसीका अनुसार शनिबार बिहान कुमाख गाउँपालिका–६ जिमालीनजिकै दुर्घटनामा परेका हो ।

दुर्घटनामा ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया अनिता भन्ने एनका पुनको मृत्यु भएको उनले जानकारी दिए ।

डुमकोटबाट धार्मिक पर्यटकीयस्थल खैराबाङ भगवतीको दर्शन गर्न आउँदै गरेका यात्रु बोकेको रा १ ज ७९८ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ । जिपमा १९ जना यात्रु सवार रहेको र घाइतेहरूको विवरण आउन बाँकी रहेको डीएसपी केसीले जनाए ।

यसअघि गत मंगलबार राति कपुरकोट गाउँपालिकाको मूलपानीनजिकै जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो । दुर्घटनास्थलमा ८ जना र एक जना घाइतेको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार