वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

कोरोना अपडेट: संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालमा कोरोना संक्रमणको ग्राफ घट्दै गएको छ ।

पछिल्लो २४ घण्टाको तथ्याङ्कलाई हेर्दा संक्रमित हुनेभन्दा संक्रमण मुक्त हुनेको संख्या पाँच गुणाभन्दा बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा आज १९ जना कोरोना संक्रमित थपिँदा ९६ जना कोरोनाबाट मुक्त भएका छन् ।

१ हजार ३ सय ३२ जनामा गरिएको परिक्षणबाट पीसीआर विधिबाट १७ र एन्टीजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको छ । सो समयमा कसैले पनि ज्यान गुमाएका छैनन् । त्यस्तै, खोप लगाउनेको तथ्याङ्क मन्त्रालयमा प्राप्त नभएको उल्लेख गरिएको छ ।

अब देशभरमा ९ सय २५ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया