श्रावण ५, २०८३ मंगलबार July 21, 2026

म बढी बोल्दिनँ, यसमा मेरो केही प्रतिक्रिया छैन,सबै विषयको छानबिन हुनुपर्छ : बाँस्कोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । निवासमा बम विष्फोट भएको घटनामा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सबै विषयको छानबिन हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

बुधबार बिहान मन्त्री बाँस्कोटाको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा फाँटस्थित निवासमा शक्तिशाली विष्फोट गराइएको थियो। यो घटना प्रतिबन्धित विप्लव समूहले गराएकोमा सुरक्षा निकाय स्पष्ट छ ।

‘मैले सम्पूर्ण रुपमा सबै विषयहरुको छानबिन होस् भनेरै राजीनामा दिएको हो, अहिले यो सब कसले र किन गरिरहेको छ, म बढी बोल्दिनँ, यसमा मेरो केही प्रतिक्रिया छैन, सबै विषयको छानबिन हुनुपर्छ, बाँस्कोटाले भने ।

सेक्युरिटी प्रिन्टर खरिद प्रक्रियामा ७० करोड कमिसनको मोलतोल गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
कमिसन प्रकरणमा मुछिएका बाँस्कोटाले राजीनामा दिएपछि उनीलक्षित आक्रमण हुन सक्ने भन्दै प्रहरी अलर्ट थियो ।

स्रोतका अनुसार बास्कोटा प्रकरणलगत्तै प्रहरीको प्रति आतङ्कवाद हेर्ने विषेश ब्युरोले सबै प्रहरी यूनिटलाई उनीविरुद्ध नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमण गर्न सक्ने लिखित सर्कुलर नै जारी गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार
देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपतिले पठाए समवेदना सन्देश
२०८३ श्रावण ५, मंगलबार
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
२०८३ श्रावण ५, मंगलबार
नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन : नेता पुन
२०८३ श्रावण ५, मंगलबार
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत
२०८३ श्रावण ५, मंगलबार
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ श्रावण ५, मंगलबार