मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालभर फैलियो डेंगी, ४७ को मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः डेंगी संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ । डेंगीबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेंगी पुष्टि भएको छ । डेंगी संक्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ७६३ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । आज १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या छ सय ६७ छ ।

नेपालमा हालसम्म १० लाख एक सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ लाख ८७ हजार चार सय ३८ कोरोना संक्रमणमुक्त भएका छन् । बाह्र हजार १८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

आज ३० हजार आठ ७६ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन् । हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८४ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले अतिरिक्त मात्रा लगाएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनचाँदीको मूल्य उकालो लाग्न शुरु
२०८३ मंग्सिर ७, सोमबार
राजघाटस्थित महात्मा गान्धी समाधिस्थलमा प्रधानमन्त्री बालेनले के लेखे ?
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाहलाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान
२०८३ मंग्सिर ७, सोमबार
एनपिएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर
२०८३ मंग्सिर ७, सोमबार
साझा राष्ट्रिय एजेन्डा नबनाई प्रधानमन्त्री शाह भारत गएकोमा झलनाथ खनालको असन्तुष्टि
२०८३ मंग्सिर ७, सोमबार
दानबहादुर कार्कीको मुद्दा फुयाल र पाण्डेयको इजलासमा
२०८३ मंग्सिर ७, सोमबार
अपी हिमाल : प्रकृतिको अनुपम उपहारदेखि जलवायु न्यायको आवाजसम्म
२०८३ मंग्सिर ७, सोमबार