वैशाख ११, २०८१ मंगलबार April 23, 2024

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको दोस्रो क्याविनेट मिटिङ पोखरामा जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको दोस्रो क्याविनेट मिटिङ पोखरामा जारी छ । नेपालमा रहेका विभिन्न १५ वटा डिष्ट्रिक्टमध्य निकै नै चलायमान र प्रभावशाली मानिएको यो डिष्ट्रिक्टको दोस्रो क्याविनेट मिटिङ कार्तिक ४ गतेदेखि पर्यटकिय शहर पोखरामा शुरु भएको हो ।

दोस्रो क्याविनेट मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका करीव १ हजार २ सय लायन्स सदस्यहरुको सहभागिता रहेको छ ।

डिष्ट्रिक्ट ३२५ के नेपालको यस पटकको दोस्रो क्यविनेट मिटिङ ऐतिहासिक भएको डिष्ट्रिक्ट गभर्नर लायन राजेन्द्र कुमार बाटाजुले बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने क्याविनेट मिटिङमा पिडिजीहरु, क्याविनेटका सिनियर साथीहरु, क्लवका अध्यक्ष र पदाधिकारी गरी १२ सय लायन्स प्रतिनिधीहरुकाे सहभागीता रहेको छ।

पोखराको माटेपानी स्थित एस. आर. केसी. बेन्क्यूईटमा जारि मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका १ सय ६३ वटा क्लबबाट करिव १ हजार २ सय भन्दा बढीको सहभागीता रहेको डिष्ट्रिक्टका क्याबिनेट मिटिङ मूल आयोजक समितिका संयोजक लायन बसन्त गिरिले जानकारी दिनु भएको छ ।

क्याविनेट बैठकलाई भब्य रुपमा सम्पन्न गर्न बिशेषगरी बागमती एरिया संयोजक लायन शैलेन्द्र दाहाल (District एड्मिनिस्टेटर बाग्मति), बागलुङ एरिया संयोजक लायन दुर्गा कुँवर (एशिस्टेन्ट चिफ एड्भाइजर), पर्वत एरिया संयोजक लायन बिशम् कुमार श्रेष्ठ (एशिस्टेन्ट चिफ एड्भाइजर) र गण्डकी एरिया संयोजक लायन टिकाराम सुबेदि (रिजन चेयर पर्सन) लाई जिम्मेवारी तोकिएको थियोे ।

यसैगरी सम्बन्धित क्षेत्रका रिजोन, जोन तथा क्लबका अध्यक्ष, पूर्वअध्यक्षहरु एवं पदाधिकारीलाई क्याबिनेट मिटिङ मूल आयोजक समितिको सदस्यमा मनोनयन गरिएको थियोे । दोस्रो क्याविनेट बैंठकमा लायन्सले कार्यकाल सुरू गरेपछि सम्पादन गरेका कामको समिक्षा एवं आगामी एजेण्डाका विषयमा छलफल जारी छ ।

प्रत्येक तिन/तिन महिनाको अन्तरालमा बर्षभरी हुने चारवटा क्याविनेट बैंठक मध्ये पोखरामा आयोजना भएको यो दोस्रो बैंठक विजनेश बैंठकको रुपमा रहेको छ । बैठकमा अन्तराष्ट्रिय स्तरमा लैजाने एजेण्डाका विषयमा पनि छलफल जारि रहेको प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर थापाले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया