कार्तिक १८, २०८३ बुधबार November 4, 2026

अनौठो होटल ! जहाँ पुग्न ६० हजार सिँढी उक्लिनुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः आफ्ना ग्राहकलाई फरक अनुभुति दिलाउन विश्वमा विभिन्न किसिमका होटेलहरु सञ्चालन गरिएका छन् । चीनमा एउटा अनौठो होटल छ, जहाँ ६० हजार सिँढी उक्लिएर ग्राहक पुग्ने गरेका छन् ।

चीनको येल्लो माउन्टेनमा अवस्थित जेड स्क्रिन नामक यो होटलमा पुग्न ६० हजार सिँढी चढ्नु पर्दछ । १८ सय ३० मिटर उचाईमा रहेको यो चारतारे होटलबाट हंगशन पर्वतीय श्रृंखलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

यस पहाडी क्षेत्रमा १५ सय वर्षभन्दा पनि पुराना सल्लाका रुखहरु छन् । होटलसम्म पुग्नका लागि ६० हजार सिँढीको विकल्पको रुपमा केबुलकार पनि छ । भव्य तथा सुविधासम्पन्न यस होटलमा स्पा तथा स्विमिङ पुल समेत छन् ।

होटलमा पुग्नका लागि सिँढी चढ्न नसक्ने मानिसलाई भरियाले बोकेर पु¥याउने सुविधा पनि छ । पहाडमा खोपेर बनाइएको बाटो र त्यसमा रहेका सिँढीहरु चढेर् होटल पुग्दा साहसिक यात्रा तय गरेको अनुभूति हुने ग्राहकहरुको भनाइ छ । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने
२०८३ कार्तिक १८, बुधबार
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
२०८३ कार्तिक १८, बुधबार
सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनको शासन आवश्यक : राष्ट्रपति पौडेल
२०८३ कार्तिक १८, बुधबार
अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता – दुवै सदनमा नियन्त्रण प्राप्त गर्ने सम्भावना बलियो
२०८३ कार्तिक १८, बुधबार
राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
२०८३ कार्तिक १८, बुधबार
सुनको मूल्य फेरी बढ्यो, चाँदीको घट्यो
२०८३ कार्तिक १८, बुधबार
स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
२०८३ कार्तिक १८, बुधबार