बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

१७ वर्षीया किशोरीलाई ट्रकभित्र लगेर सामूहिक बलात्कार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठममाडौंको थानकोट क्षेत्रमा ट्रकभित्र लगेर एक किशोरीलाई सामूहिक बलात्कार गरिएको छ।

चन्द्रागिरि नगरपालिका १५ तीनथानामा पार्किङ गरेर राखिएको ना ३ ख ६९४ ट्रकभित्रै चालक तथा सहचालक ३ जना मिलेर किशोरीलाई सामूहिक बलात्कार गरेका हुन्।

थानकोटस्थित महानगरीय प्रहरी वृत्तका डीएसपी घनश्याम श्रेष्ठका अनुसार घटना मंगलबारको हो।

त्यस दिन बिहानै धादिङकी ती किशोरी घर जान गाडी कुरेर बसेकी थिइन्। त्यस क्रममा तीन जनाले फेला पारी उनलाई घर पुर्‍याइदिने भन्दै सडक किनारमा पार्किङ गरी राखिएको ट्रकभित्र लगेर सामूहिक बलात्कार गरेका हुन्।

बलात्कारमा संलग्न आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरिसकेको छ।

‘घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिएका छौं,’ डीएसपी श्रेष्ठले भने, ‘घटनाको गम्भीर ढंगले अनुसन्धान गरिरहेका छौं।’

उनका अनुसार सिन्धुलीको सुनकोसी गाउँपालिका ९ का पासाङ तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका २ का कपिल खड्का र दाङ राप्ती गाउँपालिका १ का सञ्जय घर्ती मगरलाई पक्राउ गरिएको हो। उनीहरू २० देखि २५ वर्षसम्म उमेरका रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई थानकोट प्रहरी वृतको हिरासतमा राखेर प्रहरीले घटनान अनुसन्धान अघि बढाएको छ।

पीडित किशोरीलाई भने माइती नेपाल संस्थाको जिम्मा लगाइएको थानकोट प्रहरीले जानकारी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी
२०८३ बैसाख १८, शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार