असोज १५, २०८३ बिहिबार October 1, 2026

सिन्धुलीका एक वृद्धलाई कोरोना आशंका, आइसोलेसनमा भर्ना गरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका ७ का एक वृद्धलाई कोरोना भाइरस आशंकामा अस्पताल भर्ना गरिएको छ।

८१ वर्षीय ती वृद्धलाई १०४ डिग्री ज्वरो आएपछि जिल्ला अस्पतालमा भर्ना गरेर बुधबारदेखि आइसोलेसनमा राखिएको सिन्धुलीका जिल्ला जनस्वास्थ्य अधिकृत जितेन्द्रकुमार साहले जानकारी दिएका छन।

उनको परिचय गोप्य राखिएको छ। ती वृद्धमा उच्च ज्वरो देखिएपछि आफन्तले बुधबार अस्पताल पुर्याएका थिए।

‘उहाँमा अस्वाभाविक ज्वरो देखिएपछि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ,’ जनस्वास्थ्य अधिकृत साहले भने, ‘उहाँमा कतिपय लक्षण कोरोनासँग मिल्दाजुल्दा देखिएका छन्। नमूना परीक्षणको लागि बुधबारै काठमाडौँ पठाएका छौँ। रिपोर्ट आइसकेको छैन।’

स्रोतका अनुसार सरकारी जागीरबाट निवृत्त ती वृद्ध केही दिनअघि पेन्सन लिन धरान गएका थिए।

बिरामीको र्याल, स्वाव परीक्षण पछि कोरोना संक्रमण भए/नभएको एकीन हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डाक्टर लक्ष्मण खड्काले बताएका छन।

बिगत केही समययता सिन्धुलीमा ज्वरो र रुघाखोकीका बिरामी बढे पनि उच्च ज्वरोसहितको बिमारी ती वृद्ध नै पहिलो भएको अस्पताल स्रोतले जनाएको छ।

सिन्धुलीमा कोरोनाका आशंका भएका बिरामीलाई राख्न जिल्ला अस्पतालमा तीन वेडसहितको आइसोलेसन वार्ड स्थापना गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार