मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

पाकिस्तानमा डेंगुको प्रकोप बढ्दै, चौबीस घन्टामा पाँच जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पाकिस्तानमा केही महिना यतादेखि सुरु भएको डेँगुको प्रकोप झन् बढेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

ती अधिकारीका अनुसार पाकिस्तानका पूर्वी प्रान्त पञ्जावमा पछिल्लो समयमा यसको प्रकोप बढेको पाइएको छ ।

पञ्जावमा मात्र आइतबार चार जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी सिन्ध प्रान्तमा अर्का एकजनाको ज्यान गएको छ ।

पञ्जाव प्रान्तमा मात्र २४ घन्टायता दुई सयभन्दा बढी व्यक्तिमा डेँगुको सङ्क्रमण भएको पाइएको छ । सिन्धमा पनि यसको प्रकोप बढेको पाइएको छ ।

करिब तीन महिना यतादेखि बढेको यो सङ्क्रमणबाट यस वर्षमात्र सिन्ध प्रान्तमा १६ हजार जनाभन्दा बढी सङ्क्रमित भएका छन् । साथै सिन्ध प्रान्तमा पनि यो सङ्क्रमणबाट १९ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका पाइएको छ ।

यस वर्षको मनसुनी वर्षाले पाकिस्तानमा ठूलो क्षति पु¥याएको थियो । दशौँ लाख मानिस प्रभावित भएका थिए भने लाखौँ जना घरबारबिहीन भएका छन् ।

बाढीपछिको फोहर र बाढी प्रभावित नागरिकको अव्यवस्थित बसाइका कारण यहाँ डेँगुको प्रकोप बढेको बताइएको थियो । तर अहिले पनि सो प्रकोप नघटेको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजघाटस्थित महात्मा गान्धी समाधिस्थलमा प्रधानमन्त्री बालेनले के लेखे ?
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाहलाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान
२०८३ मंग्सिर ७, सोमबार
एनपिएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर
२०८३ मंग्सिर ७, सोमबार
साझा राष्ट्रिय एजेन्डा नबनाई प्रधानमन्त्री शाह भारत गएकोमा झलनाथ खनालको असन्तुष्टि
२०८३ मंग्सिर ७, सोमबार
दानबहादुर कार्कीको मुद्दा फुयाल र पाण्डेयको इजलासमा
२०८३ मंग्सिर ७, सोमबार
अपी हिमाल : प्रकृतिको अनुपम उपहारदेखि जलवायु न्यायको आवाजसम्म
२०८३ मंग्सिर ७, सोमबार
प्याब्सन काठमाडौंले सार्वजनिक गर्यो कक्षा १० को प्रि-क्वालिफाइङ परीक्षा तालिका
२०८३ मंग्सिर ७, सोमबार