मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

चितवनमा डेंगी संक्रमितको संख्या २ हजार ६ सय २७ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चितवनमा डेंगी संक्रमितको संख्या २ हजार ६ सय नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनादेखि हालसम्म जिल्लामा डेंगी संक्रमितको संख्या २ हजार ६२७ पुगेको हो ।

जिल्लामा देखिएका संक्रमित मध्ये जिल्ला बाहिरका ५५८ र ठेगाना नखुलेका २७५ रहेको स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा देखिएका संक्रमितमध्ये भरतपुर महानगरपालिकाका सबैभन्दा धेरै १ हजार २२० छन् ।

रत्ननगर नगरपालिकामा २३८, खैरहनीमा १५६, राप्तीमा ९२, कालिकामा ४२, माडीमा ३५ र इच्छाकामना गाउँपालिकामा ११ जनालाई डेंगी संक्रमण भएको छ । जिल्लामा डेंगी संक्रमणबाट ६ जनाले ज्यान समेत गुमाएका छ ।

यस्तै पछिल्लो २४ घण्टामा चितवनमा नौ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा चितवनका सात र बाहिरी जिल्लाका २ जना रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजघाटस्थित महात्मा गान्धी समाधिस्थलमा प्रधानमन्त्री बालेनले के लेखे ?
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाहलाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान
२०८३ मंग्सिर ७, सोमबार
एनपिएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर
२०८३ मंग्सिर ७, सोमबार
साझा राष्ट्रिय एजेन्डा नबनाई प्रधानमन्त्री शाह भारत गएकोमा झलनाथ खनालको असन्तुष्टि
२०८३ मंग्सिर ७, सोमबार
दानबहादुर कार्कीको मुद्दा फुयाल र पाण्डेयको इजलासमा
२०८३ मंग्सिर ७, सोमबार
अपी हिमाल : प्रकृतिको अनुपम उपहारदेखि जलवायु न्यायको आवाजसम्म
२०८३ मंग्सिर ७, सोमबार
प्याब्सन काठमाडौंले सार्वजनिक गर्यो कक्षा १० को प्रि-क्वालिफाइङ परीक्षा तालिका
२०८३ मंग्सिर ७, सोमबार