मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

औषधि व्यवस्था विभागद्वारा २ औषधिको बिक्रीवितरणमा रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः औषधि व्यवस्था विभागले बजारमा उपलब्ध दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको छ ।

विभागले रुपन्देहीमा रहेको कम्पनी बायोजेन रेमिडाइज प्रालीले उत्पादन गर्ने बायोकल–डी ब्याच नम्बर बीडी २१०४ लाई बिक्रिवितरणमा रोक लगाएको छ ।

साथै काठमाडौं गोठाटारमा रहेको लोमस फर्मासिटिकल्सले उत्पादन गरेको एस्भिट नामको ब्याच नम्बर एएस२१२१ ट्याबलेट औषधिमाथि पनि विभागले प्रतिबन्ध लगाएको छ ।

यी दुबै क्याल्सियम तथा भिटामिन ट्याब्लेटहरु हुन् । बजार अनुगमनका क्रममा औषधिका नमूना परीक्षण गर्दा कम गुणस्तरको रहेको पाइएको भन्दै विभागले औषधिमाथि प्रतिबन्ध लगाएको हो ।

विभागले यी औषधिको विक्रिवितरण रोक्न र बजारमा भएको औषधि फिर्ता गर्न निर्देशन दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साझा राष्ट्रिय एजेन्डा नबनाई प्रधानमन्त्री शाह भारत गएकोमा झलनाथ खनालको असन्तुष्टि
२०८३ मंग्सिर ७, सोमबार
दानबहादुर कार्कीको मुद्दा फुयाल र पाण्डेयको इजलासमा
२०८३ मंग्सिर ७, सोमबार
अपी हिमाल : प्रकृतिको अनुपम उपहारदेखि जलवायु न्यायको आवाजसम्म
२०८३ मंग्सिर ७, सोमबार
प्याब्सन काठमाडौंले सार्वजनिक गर्यो कक्षा १० को प्रि-क्वालिफाइङ परीक्षा तालिका
२०८३ मंग्सिर ७, सोमबार
नागढुंगा–मुग्लिन सडकमा बिहान ११ देखि ४ बजेसम्म सवारी आवागमन बन्द
२०८३ मंग्सिर ७, सोमबार
रेलमार्गले जोडिँदै राम-सीताको पवित्र सम्बन्धका दुई धाम
२०८३ मंग्सिर ७, सोमबार
अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार
२०८३ मंग्सिर ७, सोमबार