असार २१, २०८२ शनिबार July 5, 2025

कोरोना भाइरसविरुद्ध चीनले पनि सुरु गर्‍यो खोपको मानवीय परीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको मानवीय परीक्षणको पहिलो चरण चीनमा पनि सुरु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि विश्वका वैज्ञानिकहरु लागि परेका छन् । सोही अन्तर्गत सम्भावित विकल्पका रुपमा लिइएको खोपको पहिलो चरणको परीक्षण चीनमा पनि भइरहेको हो ।

अमेरिकामा गएको हप्ता सियाटलमा सम्भावित खोपको परीक्षण सुरु भएको थियो । चीनमा पनि सोही दिन ९मार्च १६० देखि नै कोरोना भाइरसविरुद्धको सम्भावित खोपको पहिलो चरणको मानवीय परीक्षणको प्रक्रिया सुरु भएको थियो ।

यसको प्रक्रिया यो वर्षको अन्त्यसम्ममा सकिने अपेक्षा छ । स्वतन्त्र रुपमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण डोज लिनका लागि तयार भएकाहरुलाई खोप दिन थालिएको चीनका स्वास्थ्य अधिकारीले बताएका छन् ।

सरकारको प्रत्यक्ष सहयोगमा सो परीक्षण भइरहेको स्वास्थ्य अधिकारीले आइतबार समाचार संस्था एएफपीलाई बताएका हुन् । चीनमा १०८ जनामा खोपको विभिन्न डोज दिएर परीक्षण थालिएको हो।

१८ देखि ६० वर्ष उमेरका उनीहरु सबै वुहानका बासिन्दा हुन् । हुबेइ प्रान्तको वुहानमा गएको डिसेम्बरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।

अहिले कोरोना भाइरसको संक्रमण विश्वका अधिकांश देशमा फैलिएको छ र यसले विश्वव्यापी महामारीको रुप लिएको छ । चीनमा पछिल्ला केही दिनयता त्यहिँ नै संक्रमित भएका नयाँ बिरामी भेटिएका छैनन् । तर अरु देशमा संक्रमित भएर चीन फर्किनेहरु भने छन् ।

विश्वभर कोरोना भाइरसका कारण हालसम्म १४ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ । यस्तै तीन लाख ३० हजार भन्दा बढी संक्रमित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार