असार २१, २०८२ शनिबार July 5, 2025

चुरोट पिएर नै ४२ किलोमिटर म्याराथुन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्याराथन दौडनुको सम्पूर्ण उदेश्य फिटनेसलाई बढावा दिनु र समग्र स्वास्थ्य सुधार्नु हो । म्याराथन दौडनु सजिलो छैन । प्रशिक्षण र स्वस्थ जीवनशैलीको लागि प्रतिबद्धता चाहिन्छ ।

निस्सन्देह, म्याराथन दौडने मानिसहरूलाई ब्रह्माण्डमै सबैभन्दा धेरै स्वास्थ्य–सचेत खेलाडी मानिन्छ। तर, ’अंकल चेन’ नामले चिनिने एक चिनियाँ धावक म्याराथनमा प्रतिस्पर्धा गर्दा चेन-स्मोकिंगका लागि भाइरल भएका छन् ।

हामी सबैलाई थाहा छ कि धुम्रपान सिगरेटले दौड प्रदर्शनमा बाधा पुर्‍याउँछ। यदि तपाइँ धुम्रपान गर्नुहुन्छ भने,  तपाइँको मुटु, फोक्सो र मांसपेशिले कम अक्सिजन प्राप्त गर्दछ । यसले दौडन धेरै गाह्रो बनाउँछ। त्यसको बावजुद ५० वर्षीय चेनले जिआन्देमा नोभेम्बर ६ मा धुम्रपान गर्दै ४२ किलोमिटर  म्याराथन पूरा गरे ।

उनले तीन घण्टा २८ मिनेटमा म्याराथन पूरा गर्दै झण्डै १५ सय धावकमध्ये समग्रमा ५७४औं स्थान हाँसिल गरे । दौडदा उनले चुरोटको एउटा प्याकेट नै सकेका थिए ।

उनका तस्बिरहरू पहिले चिनियाँ सामाजिक सञ्जाल एप विबोमा भाइरल भएका छन् । फोटोमा मिश्रित प्रतिक्रिया आएको छ ।

 यसैबीच, कार्यक्रम आयोजकले पनि उनको फिनिसिङ सर्टिफिकेट बाँडेर उनको उपलब्धि मनाएको थियो। अंकल चेनले यस्तो अनौठो स्टन्ट निकालेको यो पहिलो पटक होइन। रनिङ म्यागजिनका अनुसार सन् २०१८ को ग्वाङ्झाउ म्याराथन र २०१९ सियामेन म्याराथन दौडिरहेको बेला उनलाई धेरै चुरोटहरू  पिउँदै गरेको चित्रण गरिएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार