वैशाख ४, २०८१ मंगलबार April 16, 2024

गणेशको दर्शन गर्दै हेर्नुहोस आजको राशिफल : मीनको सम्बन्ध समधुर हुने, अन्य राशिको कस्तो छ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : आजको पात्रो : ६ मंसिर २०७९, मंगलबार । तद्नुसार नोभेम्बर महिनाको २२ तारिक २०२२ । मार्गकृष्णपक्ष त्रयोदशी तिथि र चतुर्दशी तिथि रहेको छ । आज बाला चतुर्दशी भनिन्छ । आज पशुपतिनाथ र देशभरका शिवालयमा शतबीजरोपण गर्ने गरिन्छ ।

हिजोरातिदेखि मन्दिरमा रातभर जाग्राम रहेर बत्ती बालेर आफ्ना मृतक पिृतहरुको सम्झना गर्दै आज बिहान शतविज छर्ने गरिन्छ । शतजिजमा मकै, उखु चना, चामल अमला आदि बीजहरु शिवालय क्षेत्रमा छर्ने चलन रहेको छ । सनातन धर्म संस्कारमा हिजोको साँझ र आज बिहान शिवालयको दर्शनको विशेष महत्व रहेको छ ।

आज बिहान सूर्योदय ६ः२० मा र सूर्यास्त ५ः११ मा हुनेछ । आज बणिज करण, स्वाती नक्षत्र, सौभाग्य योग, चन्द्रमा तुला राशिमा रहेको छ । मंगलबार ऋण र कर्जा कदापी नलिनु होला । आजको देवता ब्रह्मा र ग्रहदेव शुक्र रहेको छ । आजको दिन यात्राका लागि शुभ मानिदैन । आजको दिन बिहान आफ्ना पितृहरुको सम्झना गरेर जल अभिषेक गर्नु उत्तम हुनेछ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि भएका जातकका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक आय हुनेछ । आजको दिन बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आजको दिन अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउनेछ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुन सक्नेछ ।  यदी यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र कसैसँग विवाद हुने काम र कुरा नगर्दा राम्रो हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन मिथुन राशिका जातकले आफ्नो सोचअनुसारको कुनै नयाँ काम गर्न सक्नुहुनेछ । विगतमा रोकिएका र अप्ठारा कामसमेत समाधान हुँदैन जानेछन् । अर्थलाभ र अध्ययन अध्यापनमा समेत सफलता मिल्नेछ । कसैसँग वैरभाव नराख्नुहोला । मनमा चिन्ता र भय छ भने त्यो हटदै जानेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

तपाईका लागि आजको दिन अनुकल देखिन्छ । धन प्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति राग राख्ने मित्रसमेत तपाईलाई सम्मानका शब्द प्रयोग गर्नेछन् । परिवारका सदस्यहरुबीच सुमधुरता बढ्ने छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन तपाईले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । मौन र आफनो काममा मात्र ध्यान दिनुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईले केही कन्याहरुलाई फलफूल उपहार दिनु भयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन समय त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यहरुमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिको जातकहरुले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा उल्टो चिन्ता छाउने छ । चन्द्रमाको साथ रहेको छ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

व्यापार व्यवसायबाट लाभ हुनेछ । घरबाट बाहिर निस्कदा जेष्ठ श्रेष्ठ सदस्यलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । कसैसँग विवाद हुने काम नगर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा देवीको मन्दिरको दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।  आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ । परिवारका सदस्यबीच मिष्ठान भोजन साथमा गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्यबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । मंगलवारको दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा छोरा वा छोरीलाई दिनुभयो भने घरका सदस्यहरु बीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापार ब्यबसायबाट नसोचेको फाइदा मिल्नेछ । शिवालय र देवालय यात्राले मनमा हर्ष छाउने छ । अध्ययन अध्यापनमा मन जानेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया