मंग्सिर २, २०८३ बुधबार November 18, 2026

आलु, प्याज र रिचार्ज कार्डको कालोबजारी गर्ने ११ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । जनकपुरको बिभिन्न स्थानबाट लकडाउनको मौका छोपी ग्यास, आलु, प्याज र रिचार्ज कार्ड बढी मूल्य लिएर कालोबजारी गर्ने ११ जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाईमा रहेको संयुक्त बजार अनुगमन टोलीले आलु र प्याजको कालोबजारी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
बजार अनुगमन टोलीले आलु प्रति किलो ६० र प्याज प्रति किलो ८० मा बेचिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन ।

पक्राउ पर्नेहरूमा धनुषा जनकपुर उपमहानगरपालिका वडा नं १६ कपिलेश्वर बस्ने वर्ष ५२ बर्षीय राम अनुठ ठाकुर, वडा नं १२ बस्ने बस्ने ३५ वर्षीय जित साह , वडा नं ४ बस्ने ५० बर्षीय बिनोद कुमार साह, ४८ बर्षीय कुशेश्वर चौधरी, वडा नं ७ बस्ने २८ बर्षीय अजय साह, २४ बर्षीय प्रविन साह , वडा नं ४ बस्ने ४३ बर्षीय राज किशोर यादव रहेका छन् । वडा नं १ बस्ने ३१ बर्षीय गुलजार शेख र ३१ बर्षीय प्रमोद साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

त्यस्तैगरी ग्यासको कालोबजारी गरेकोे आरोपमा जनकपुर उपमहानगरपालिका वडा नंं ४ बस्ने १९ बर्षीय कुनदन कुमार साह, रिचार्ज कार्डको कालोबजारी गरेको आरोपमा जनकपुरधाम वडा नंं ४ बस्ने २६ बर्षीय बिकास कुमार महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरमा प्रति सिलिन्डर ग्यास एक हजार सात र रु. ५० को रिचार्ज कार्ड ६० मा बेचिरहेको सुचनाका आधारमा अनुगमन गर्ने क्रममा साह तथा महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसअघि मंगलबार पनि आलु र प्याजको कालोबजारी गर्ने तीन जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनको मूल्य तोलामै ६ हजार ३ सयले घट्यो
२०८३ मंग्सिर २, बुधबार
एनपीएल–३ मा कुन टोलीका कप्तानको प्रदर्शन कस्तो ?
२०८३ मंग्सिर २, बुधबार
विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख
२०८३ मंग्सिर २, बुधबार
एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
२०८३ मंग्सिर २, बुधबार
आइजिपी पुनर्बहालीको माग गर्दै कार्कीको रिट, न्यायाधीश पौडेलको इजलासमा सुनुवाइ हुँदै
२०८३ मंग्सिर २, बुधबार
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा
२०८३ मंग्सिर २, बुधबार
आज बुधबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक
२०८३ मंग्सिर २, बुधबार