काठमाडौँ । नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार दुबईबाट फर्केर धनगढीस्थित सेती अस्पतालमा उपचार गराइरहेका ३४ बर्षे पुरूषमा संक्रमण भेटिएको हो ।
हाल उनको अवस्था सामान्य छ। उनी ३४ वर्षका छन्। स्वास्थ्य मन्त्रालयले एक पत्रकार सम्मेलन गर्दै उनी उपत्यकाबाहिरबाट कोरोना भाइरसको संक्रमण पुष्टि भएका पहिलो व्यक्ति भएको पनि उल्लेख गरेको छ।
यसअघि नेपालमा तीनजनामा संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये दुईको टेकु अस्पतालमा उपचार भइरहेको छ भने एकजना उपचारपछि घर फर्केका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया