वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

अब यौन सम्पर्कबिनै सन्तान जन्माउन सकिने …

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आगामी केही वर्षमा सन्तान जन्माउनका लागि शारीरिक सम्पर्क अर्थात सेक्स आवश्यक नपर्ने भएको छ।

‘डिजाइनर बेबी’ अवधारणा आएपछि सन्तान जन्माउन यौन सम्पर्क आवश्यक नपर्ने भएको हो । साथै सन्तान चाहनेहरुले धेरै विचार गरेर आफ्नो खुसीले भ्रुण चयन गर्ने सक्ने छन् ।

स्टैनफर्ड युनिभर्सिटीका प्रोफेसर ग्रनलीले आफ्नो पुस्तक ‘द एन्ड अफ सेक्स एन्ड फ्युचर अफ रिप्रोटक्सन’ मा यसप्रकारको दावी गरेका हुन् ।

उनले आफ्नो पुस्तकमा २० देखि ४० वर्षपछि कुनै पनि जोडीलाई बच्चा आवश्यक भए पुरुषको स्पर्म स्याम्पल र महिलाको स्किन स्याम्पल लिए पुग्ने उल्लेख गरेका छन्।

स्किन स्याम्पलको सहयोगमा स्टेम सेल बनाइनेछ र त्यसलाई स्पर्मका साथ फर्टिलाइज गरिनेछ । फलस्वरुप सन्तान चाहने जोडीहरुले भ्रुणका कयौ स्याम्पल पाउनेछन् ।

जाँचपछि जोडीहरुले जुन चाह्यो त्यही अपनाउन सक्नेछन् । जाँचअन्तर्गत कयौ कुरा पहिला नै थाहा हुनेछ । जस्तो कि स्याम्पल स्वस्थ छ या छैन, कुनै विशेष रोगबाट पीडित छ वा छैन ।

प्रोफेसर ग्रीनलीले बच्चाको बौद्धिस्तर पहिला नै पत्ता लगाउन सकिने विषयमा अहिलेसम्म थोरै संशय रहेको बताए । तर, उनका अनुसार चाँडै नै यो दिशमामा पनि विकास गरिनेछ। – एजेन्सीको  सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
२०८१ वैशाख १४, शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
२०८१ वैशाख १४, शुक्रबार
खेल क्षेत्रको बजेट बढाउन जरुरी : डा. महत
२०८१ वैशाख १४, शुक्रबार
हस्तकला व्यवसायले आयात प्रतिस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने : मन्त्री भण्डारी
२०८१ वैशाख १४, शुक्रबार
जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल
२०८१ वैशाख १४, शुक्रबार
६४ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविकाको छैन स्वास्थ्य बिमा
२०८१ वैशाख १४, शुक्रबार