असोज १५, २०८३ बिहिबार October 1, 2026

बेल्जियमबाट कतार हुँदै आएकी युवतीमा पनि कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । बेल्जियमबाट कतार हुँदै काठमाडौँ आएकी २२ वर्षीया युवतीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो।

बागलुङ नगरपालिकास्थित आफ्नै घरमा रहेकी उनको धवलागिरी अस्पतालमा नमूना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिए पनि आफ्नै घरमा बसेको बताएकी थिइन्।

योभन्दा अगाडि संक्रमण देखिएका दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा र एक जनाको सेती अस्पतालमा उपचार भइरहेको छ। एक जना निको भएर घर फर्कि सकेका छन्।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५ पुगेको छ जसमध्ये एक उपचारपछि घर फर्किसकेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार