चैत्र १६, २०८० शुक्रबार March 29, 2024

भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले भैरहवास्थित आँखा अस्पताल परिसरभित्रै अत्याधुनिक मोडुलर शल्यक्रिया कक्षसहितको भवन छिटै शुभारम्भ हुने बताएका छन्।

नेपाल नेत्र ज्योती संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालको ४०औँ स्थापना दिवसको अवसरमा  पन्तले अस्पतालको स्तरोन्नति समय र समाजको माग सँगसँगै प्रवृद्धि तथा आवश्यकताअनुसार बदल्दै लैजानु पर्ने बताए । उनले विकासको फड्कोसँगै यसलाई स्तरबृद्धि गर्दै लानुपर्ने कुरामा नेत्र ज्योती संघ पछि नपर्ने बताउदै अत्याधुनिक मोर्डन अस्पतालको रुपमा आधुनिक मोडुलर शल्यक्रिया कक्षसहितको भवन यथासिघ्र शुभारम्भ गर्नुपर्ने बताए ।

‘जनशक्ति र उपकरण ल्याउने कुरामा हामी पछि पर्दैनाैँ, सुरुवात गरौँ, यसलाई नमुना अस्पतालको रुपमा बनाउने संकल्प लिएर । उपचार नपाएर कोही दृष्टिविहीन नहोस् भन्ने हाम्रो मुख्य ध्येय छ,’ अध्यक्ष पन्तले भने ।

नेपाल नेत्र ज्योती संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल रुपन्देहीले ३७ जनालाई विभिन्न अवार्ड र पदकबाट सम्मान गरेको छ ।

४० औ स्थापना दिवसमाको अवसरमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थीहरु मध्ये २७ जनालाई दीर्घ सेवा पदक, ४ जनालाई उत्कृष्ट कर्मचारी अवार्ड र अन्य विभिन्न व्यक्तित्वलाई विभिन्न पदलकले सम्मान गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
२०८० चैत्र १५, बिहिबार
दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
२०८० चैत्र १५, बिहिबार
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार