चैत्र १६, २०८० शुक्रबार March 29, 2024

मध्यविन्दु जिल्ला अस्पतालमा डायलाइसिस सेवा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु भएको छ।

जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्ने गरी आवश्यक उपकरण जडान तथा परीक्षण पश्चात डायलासिस सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए।

मङ्गलबार एक औपचारिक कार्यक्रमकाबीच गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङले सेवाको उद्घाटन गरिन्।

जिल्ला अस्पतालबाट अब मिर्गौैला रोगीहरूले निःशुल्क रुपमा सो सेवा प्राप्त गर्नेछन्। जिल्ला अस्पतालमा सो सेवा प्रदान गर्न चार वटा उपकरण जडान गरिएको छ। एक दिनमा अस्पतालमा १२ जनासम्मलाई यो सेवा प्रदान गर्न सकिने उहाँले बताउनुभयो । हाल तीनवटा मात्रै उपकरण सञ्चालन गरिएको सूचना अधिकारी सुवेदीले बताए।

अहिले प्रारम्भिक चरणमा रहेकाले दैनिक तीन जना सम्मलाई सेवा प्रदान गरिने उनले बताए। यसअघि उपकरण आए पनि लामो समयसम्म सेवा सुरु हुनसकेको थिएन।

बीमा बोर्डबाट अनुगमन गरी निःशुल्कमा सूचीकृत गराउन भन्दै अस्पतालमा उपकरण जडान र परीक्षणको काम सकेर पनि सेवा सुरु हुनसकेको थिएन। अहिले बीमा बोर्डबाट अनुगमन नभए पनि अस्पतालको सामाजिक सेवा युनिटबाट लाग्ने खर्च बेहोर्ने गरी सेवा सुरु गरिएको हो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया